जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।
विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो ।
जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।
निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।
नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।








