नेपाल हिमालय सीमापार वाणिज्य संघले तिब्बतको स्वशासित प्रदेश ल्हासाका लागि भर्खरै नियुक्त भएका महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलालाई बधाई तथा ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

वाणिज्य संघको कार्यालय बुद्धनगरमा नवनियुक्त महावाणिज्यदूत निरौलालाई आमन्त्रण गरि संघका अध्यक्ष रामहरी कार्की र सम्पुर्ण पदाधिकारीहरुको उपस्थितिमा सफल कार्यकालको शुभकामना साथै सामान आयात गर्दा हुने समस्याका बिषयमा ध्यानाकार्षण गराईएको छ ।

हिमालय सीमापार वाणिज्य संघद्धारा नवनियुक्त महावाणिज्यदूतलाई बधाई तथा ज्ञापनपत्र हस्तान्तरण

महावाणिज्यदूत निरौलाको ध्यानाकार्षण गराउँदै संघका अध्यक्ष रामहरी कार्कीले करिब १२ सय भन्दाबढी सदस्य आवद्ध हिमालय सीमापार वाणिज्य संघ रहेको जानकारी दिए । त्यस्तै ३० प्रतिशत आयात तातोपानी र सुवा भन्सारबाट हुने गरेको र ६८ प्रतिशत सामान सोही नाबाट निकासी हुने जानकारी दिए ।

उत्तरी नाकाबाट सामान आयात निर्यात गर्ने व्यवसायीहरुले लामो समयदेखि धेरै समस्या झेल्नुपरेको बताउँदै उनले नाकाका विविध समस्याहरु बुँदागत रुपमा प्रस्तुत गरेका थिए । जस अन्तर्गत सीमाक्षेत्र सन्धी सम्झौताअनुसार आवागमन एवं व्यापारमा सहजिकरण गरिनुपर्ने, सीमाक्षेत्रका ३० किमी भित्रका बासिन्दालाई आफ्नो दैनिकी तथा सामाजिक धार्मीक कार्यका लागि आवागमन र वस्तु विनिमय मार्फत आयात निर्यात गर्ने सुविधा भईरहेतापनि कोरोनापछि त्यो सुविधा निषेधित रहेको र त्यसलाई पुनः सुचारु गर्नुपर्ने, त्यस्तै नेपाल चिनबिच द्धिपक्षीय व्यापार विस्तार गर्ने सम्भावना प्रशस्त भएपनि सोचेको जस्तो व्यापार हुन नसकेको निकासी व्यापार चिनमा १२ गुणाले बढाउने सम्भावना भएपनि निर्यात तथा आयातको अनुपात १ः११५ रहेको र भन्सार अवरोध गरि बजार बिस्तार गर्न आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

हिमालय सीमापार वाणिज्य संघद्धारा नवनियुक्त महावाणिज्यदूतलाई बधाई तथा ज्ञापनपत्र हस्तान्तरण

त्यस्तै व्यापारिक नाकाहरुमा पूर्वाधारको विकासनेपाल र चिन बीच यातायात पारवहन सन्धी भएर ६ वटा नाकालाई व्यापारिक नाका स्वीकार गरिएतापनि २ वटा नाका मात्र संचालित छन् । नेपालका दुइ नाकामा भौतिक पूर्वाधार गोदाम पार्किङ सडक पुल प्रमाणिकरण प्रयोगशाला निर्माण हुन मनसक्दा आयात निर्यातमा असर परेको अध्यक्ष कार्कीले उल्लेख गरे ।

संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागरले) तत्काल नाका खोल्नुको साथै भौतिक पूर्वाधार सहज बनाउन पहल गरिदिन आग्रह गरे । जसअन्तर्गत चिनीयाँ नाकामा सुविधासम्पन्न प्रयोगशालाको स्थापना गरिनुपर्ने, बिआरआई अन्तर्गत द्धिपक्षीय व्यापार विस्तारका लागि कार्यक्रम संचालन गर्नुपर्ने, नेपाल चीन सिमा नाकामा पूर्वाधारको विकास इकोनोमी कोरिडोरको स्थापना निकासी संभाव्य वस्तुमा संयुक्त लगानी व्यवसायीक भेटघाट तथा बैठक र भ्रमण आयोजना हुन आवश्यक रहेको बताए ।

हिमालय सीमापार वाणिज्य संघद्धारा नवनियुक्त महावाणिज्यदूतलाई बधाई तथा ज्ञापनपत्र हस्तान्तरण

त्यस्तै संघका महासचिव रामचन्द्र पराजुलीले चिनको चेम्बर अफ कमर्श तथा व्यवसायीक संघ संस्थाहरुसँग हिमालय सिमापार वाणिज्य संघको बिटुबि मिटीङ तथा समन्वय गरि द्धिपक्षिय व्यापार तथा लगानी अभिवृद्धिमा सहयोगका महावाणिज्यदूत निरौलालाई अनुरोध गरे ।

कार्यक्रममा बोल्दै नवनियुक्त महावाणिज्यदूत निरौलाले संघले देशको अर्थतन्त्रमा पु¥याएको योगदानको प्रसंसा गरे । आफू व्यवसायीका समस्या सम्बोधन गर्न कटिवद्ध भएर लाग्ने बताउँदै उनले कुनै औपचारिक कार्यक्रमका बिच उत्तरी नाकाका समस्या र समाधानका उपायहरुका विषयमा प्रिजेन्टसन कार्यक्रम आयोजना गरि त्यस विषयमा वृहत् छलफल गर्न आवश्यक रहेको बताए ।

हिमालय सीमापार वाणिज्य संघद्धारा नवनियुक्त महावाणिज्यदूतलाई बधाई तथा ज्ञापनपत्र हस्तान्तरण

कार्यक्रममा संघका पदाधिकारीहरुले महावाणिज्यदूत निरौलाको ध्यानाकार्षण गर्दै चिनको बिभिन्न भुभाग हुँदै तातोपानी र रसुवा सामान आयात गर्दा तिब्बतमा अनावश्यक सामान रोककिदिनाले सामान कुहिने नोक्सान हुने र गाडिको भाडा अधिकतम तिर्नुपर्ने बाध्यता रहेको बताए । त्यसरी अनावश्यक रोकिनुभन्दा कुनै कारणले बन्द हुने रहेछ भने १५ दिन अगावै पूर्व सूचना दिनुपर्ने जसले गर्दा नेपाली व्यापारीहरु मारमा नपर्ने बताए

हिमालय सीमापार वाणिज्य संघद्धारा नवनियुक्त महावाणिज्यदूतलाई बधाई तथा ज्ञापनपत्र हस्तान्तरण

साथै उत्तरी नाकाबाट सामान आयात निर्यात गर्दा भोग्नुपरेका समस्याहरु समाधान गर्न पहल गरिदिन महावाणिज्यदूत निरौलालाई आग्रह समेत गरेका थिए । उक्त अवसरमा सीमापारबाट हुने निकासी पैठारीलाई सरल र सहज हुने वातावरण बनाईदिनको लागि र विशेष गरी नाकामा एउटा सुविधासम्पन्न ल्यावको व्यवस्था गर्न अग्रणी भूमिका निर्वाह गरिदिन समेत व्यवसायीहरुले आग्रह गरेका छन् ।

हिमालय सीमापार वाणिज्य संघद्धारा नवनियुक्त महावाणिज्यदूतलाई बधाई तथा ज्ञापनपत्र हस्तान्तरण