रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्ने व्यवसायीहरुले दशैंको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छन् ।

रञ्जना व्यापार संघको आयोजनामा नेपालीहरुको महान् चाड दशैंको उपलक्ष्यमा व्यवसायीहरु बिच शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।

रञ्जना ट्रेड सेन्टरमा दशैंको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रम आयोजना

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष हरि प्रसाद पाण्डेको रहेको थियो भने कार्यक्रममा न्युरोडमा व्यवसाय गर्ने व्यवसायीहरुका छाता संघ संस्थाका अध्यक्षहरु समेतको उपस्थिति रहेको थियो

रञ्जना ट्रेड सेन्टरमा दशैंको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रम आयोजना

दशैंको शुभकामना दिदै राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले रञ्जना ट्रेड सेन्टरले गरेको शुभकामना आदानप्रदान कार्यक्रमले ट्रेडका व्यवसायीहरुबिच सम्बन्ध बलियो बनाउने बताए ।

बाढीपहिरोको विसम परिस्थितिले व्यवसायीहरुका सामान नाकामै अलपत्र परेको र व्यापारीहरुको व्यापार शिथिल भएको समयमा पनि संघले उत्साहपूर्वक ढंगले शुभकामना आदान प्रदान गरेकोमा आभार प्रकट गरे साथै महासंघ व्यापारीहरुका समस्यामा सधैं कटिबद्ध भएर लाग्ने समेत प्रतिवद्धता जनाए ।

रञ्जना ट्रेड सेन्टरमा दशैंको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रम आयोजना

त्यस्तै रञ्जना व्यापार संघका अध्यक्ष पाण्डेले व्यवसायीहरुका पीर मर्का बिर्सिएर एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्नका लागि कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा संघका पदाधिकारीहरु, पूर्वअध्यक्ष राष्ट्रिय व्यापार संघका अध्यक्ष, एकता व्यापार संघका अध्यक्ष, रञ्जना कवलधनी संघका अध्यक्ष लगायत ट्रेडमा व्यवसाय गर्ने व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
साथै बालबालिकाहरुका लागि दशैंको पेन्ट गरेर मनोरञ्जन समेत गराईएको थियो ।