अविरल वर्षाका कारण उत्तरी नाकामा पुगेको क्षतिको तत्काल समाधान गर्न नेपाल हिमालय सीमापार वाणिज्य संघले सिन्धुपाल्चोकका सांसदहरुको ध्यानाकार्षण गराएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्की र सिन्धुपाल्चोक क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद माधव सापकोटा (सुबोध)को समन्वयमा सोमवार संघको कार्यालय बुद्धनगरमा व्यवसायी, सांसद र सम्बन्धित निकायका प्रमुखहरुबीच वर्षाले पु¥याएको क्षति र तत्काल उत्तरी नाका सुचारु गर्नका लागि छलफल भएको हो ।

उत्तरी नाका तत्काल सुचारु गर्न हिमालय सीमापार वाणिज्य संघले गरायो सांसदहरुको ध्यानाकार्षण

अरनीको राजमार्ग अन्तर्गत उत्तरी नाका तातोपानी र चीन जोड्ने लार्चाको पुल बगाउँदा व्यापारीहरुले दशैंका लागि ल्याएको सामान चीनतर्फ नै अड्किएर अलपत्र अवस्थामा रहेको र ल्याउन ढिला भएमा व्यापारीहरुलाई करौडौंको नोक्सानी हुने भन्दै अध्यक्ष कार्कीले सांसद तथा भन्सार विभागको ध्यानाकार्षण गराएका छन् ।

उत्तरी नाका तत्काल सुचारु गर्न हिमालय सीमापार वाणिज्य संघले गरायो सांसदहरुको ध्यानाकार्षण

बर्षाका कारण लिपिङको पुल, बाटोघाटो समेत क्षतिग्रस्त भएको र त्यसको चाँडो भन्दा चाँडो मर्मत सम्भार गरेर तातोपानी र केरुङ दुवै नाका तत्काल संचालनमा ल्याउनु पर्ने माग व्यवसायीहरुले राखेका छन् ।

कार्यक्रममा बोल्दै सांसद माधव सापकोटाले लार्चाको पुलमा तत्कालका लागि फलामको पाइप हालेर अस्थायी रुपमा आवातजावत गर्नबाहेक अन्य बिकल्प नरहेको बताए । साथै दीर्घकालीन समस्या समाधानका लागि अध्ययन गरेर चाँडै नै समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउने जानकारी दिए ।

उत्तरी नाका तत्काल सुचारु गर्न हिमालय सीमापार वाणिज्य संघले गरायो सांसदहरुको ध्यानाकार्षण

सांसद सापकोटाले सर्वप्रथम कुहिने सामान ल्याउन पहल गर्ने बताउँदै अलपत्र परेका मालवस्तु ल्याउनका लागि र दुवै नाका खुलाउनका लागि सरकार पनि गम्भीरताका साथ लाग्नुपर्ने बताए ।

त्यस्तै प्रदेश सांसद माईली लामाले चाडपर्वको मुखैमा देशमा पीडादायी अवस्था सृजना भएको भन्दै दुःख व्यक्त गरिन् । बाढीपहिरोका कारण देशै रोइरहेको अवस्थामा उत्तरी नाका तहस नहस हुदाँ व्यापारीहरु ठूलो मारमा परेको बताउँदै उनले सबैजना एकजुट भएर लाग्न सकेमा मात्र समस्याको समाधान हुने जनाइन् । साथै आफ्नो तर्फबाट गर्न सक्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता जनाइन् ।

उत्तरी नाका तत्काल सुचारु गर्न हिमालय सीमापार वाणिज्य संघले गरायो सांसदहरुको ध्यानाकार्षण

त्यस्तै अर्का प्रदेश सांसद अमृता नेपालले चीनसँग जोड्ने सबैभन्दा छोटो तातोपानी नाकाको पुल भत्कनु भनेको व्यापारीलाई मात्रै नभएर सम्पुर्ण राज्यलाई नै ठूलो नोक्सानी भएको र यसको समाधान सरकारले चाँडोभन्दा चाँडो गर्नुपर्ने बताइन् । साथै सरकारसँग पहल गरेर नाका खुलाउन आफू सदैव प्रतिवद्ध भएर लाग्ने समेत विश्वास दिलाइन् ।

कार्यक्रममा बोल्दै तातोपानी भन्सार प्रमुख कमल कुमार भट्टराईले भन्सारमा फसेका सामानहरुको सुरक्षा, रेखदेख र कुहिने सामानहरुको सुरक्षाका लागि सुरक्षाकर्मीलाई सामानहरु खोलेर राख्न निर्देशन दिएको बताए ।

फसेका सामानहरु भरिया लगाएर ल्याउन असम्भव भएको भन्दै उनले भन्सारको तर्फबाट कुनै पनि समस्या नहुने र जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी दिए ।

उत्तरी नाका तत्काल सुचारु गर्न हिमालय सीमापार वाणिज्य संघले गरायो सांसदहरुको ध्यानाकार्षण

सरकारले नाका राज्यको शक्ति प्रयोग गरेर चाँडोभन्दा चाँडो दुबै नाका पुर्ण रुपमा खुलाउनु पर्ने बताउँदै नेपाल ट्रक ढुवानी कन्टेनर संघका अध्यक्ष अर्जुन सापकोटाले सांसदहरुको ध्यानकार्षण गराएका थिए ।

त्यस्तै नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले अहिलेको सबैभन्दा ठूलो समस्या धुलिखेलबाट तातोपानी सम्मको बाटोको रहेको बताए । साथै अहिले नाकामा करिब ३ सयभन्दा बढी चाइनिज कन्टेनर अलपत्र अवस्थामा रहेको र त्यसलाई तत्काल नेपाल भित्राउन पहल गर्न सांसदको ध्यानाकार्षण गराए ।

उत्तरी नाका तत्काल सुचारु गर्न हिमालय सीमापार वाणिज्य संघले गरायो सांसदहरुको ध्यानाकार्षण

कार्यक्रममा सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले सडकको तत्कालीन सुधारका लागि सडक डिभिजन कटिबद्ध भएर लागिरहेको जानकारी दिए ।

त्यस्तै सडक डिभिजन चरिकोटका प्रमुख अमित कुमार श्रेष्ठले तत्कालका लागि विज्ञहरु गएर अध्ययन गरि बेलिब्रिज निर्माण गर्नु उपयुक्त रहेको बताए । साथै त्यस ठाउँको बाटोको निर्माणमा सडक डिभिजनले चाँडो काम अघि बढाउने प्रतिबद्धता जनाए ।

उत्तरी नाका तत्काल सुचारु गर्न हिमालय सीमापार वाणिज्य संघले गरायो सांसदहरुको ध्यानाकार्षण

सीमापार वाणिज्य संघका अध्यक्ष कार्कीले जतिसक्दो चाँडो कुहिने सामानलाई प्राथमिकता दिएर ल्याउने वातावरण बनाइदिन सरकारलाई आग्रह गरे ।

अध्यक्ष कार्कीले सरकारले उत्तरी नाकाको सडकलाई बेवास्ता गरेको भन्दै उनले भन्सारबाट १३ अर्ब राजश्व उठाएतापनि ४ अर्ब पनि पूर्वाधारका लागि खर्च नगरेको दुखेसो पोखे । साथै सरकारले उत्तरी नाकाको पूर्वाधार विकास गर्दै तातोपानी र केरुङ दुबै नाका चाँडोभन्दा चाँडो संचालनमा ल्याउनु पर्ने कार्कीको जोड थियो ।

उत्तरी नाका तत्काल सुचारु गर्न हिमालय सीमापार वाणिज्य संघले गरायो सांसदहरुको ध्यानाकार्षण

कार्यक्रममा संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्री, वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर), महासचिव रामचन्द्र पराजुली, साथै सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पा, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुवाजु, सचिव तिर्थराज पौडेल लगायतले दशैंअघि नै नाकाको समस्या समाधान गर्दै व्यापारीहरुलाई सहज तवरले व्यापार गर्ने अवस्था सृजना गराउन आग्रह गरेका थिए ।

उत्तरी नाका तत्काल सुचारु गर्न हिमालय सीमापार वाणिज्य संघले गरायो सांसदहरुको ध्यानाकार्षण

कार्यक्रममा संघका पदाधिकारी लगायत, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, सिल्क ट्रान्सपोर्ट, आडो ट्रान्सपोट, नेपाल ट्रक ढुवानी कन्टेनर संघ, नेपाल ब्यापार संघ लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।