महानायक राजेश हमालको उपस्थितिमा ‘डेनीम न्यु एज’ अर्थात् डिएनए ब्राण्डको सोरुमको ग्राण्ड ओपनिङ भएको छ ।

आजभन्दा करिव आठ वर्ष अघिबाट सुरुभएको डिएनए ब्राण्डको आज रञ्जना ट्रेड सेन्टरको चौथो तल्लामा महानायक हमालले रिबन काटेर औपचारिक रुपमा सोरुमको समुद्घाटन गरेका हुन् ।

महानायक राजेश हमालको उपस्थितिमा ‘डिएनए’ ब्राण्डको ग्राण्ड ओपनिङ

विश्वमा छरिएर रहेका नेपालीमाझ यस ब्राण्डलाई विस्तार गर्दै विदेशीहरुलाई समेत यस ब्राण्डसँग परिचित गराई नेपाली ब्राण्डलाई अन्तराष्ट्रिय स्तरको ब्राण्ड बनाउँने प्रमुख लक्ष्य रहेको डिएनए ब्राण्डका मेनेजिङ डाइरेक्टर सुमन पोखरेलले जानकारी दिए ।

नेपालका मुख्य शहरहरु पोखरा, चितवन, इटहरी, धरान, बिराटनगर, विर्तामोड, बुटवल, नेपालगंज लगायतका शहरहरुमा आधिकारि विक्र्रेता मार्फत यस ब्राण्ड बिक्री वितरण गर्दै आईरहेको समेत उनले बताए ।

सोरुमको समुद्घाटन कार्यक्रममा बोल्दै महानायक हमालले डिएनए ब्राण्डले नेपाली ब्राण्डको गुणस्तरियता विश्वमाझ चिनाउँन लागिपरेको भन्दै सबैले नेपाली ब्राण्डलाई माया गरिदिन आग्रह गरेका थिए । साथै त्यस ब्राण्डको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।

महानायक राजेश हमालको उपस्थितिमा ‘डिएनए’ ब्राण्डको ग्राण्ड ओपनिङ

विशुद्ध नेपाली ब्राण्डका विशेषगरि पुरुषका लागि रेडिमेट पोसाकहरु सर्ट, टिसर्ट, पाइन्ट, जिन्सका तयारी पाइन्ट ज्याकेट तथा विभिन्न आवश्यक लत्ताकपडाहरु उक्त सोरुममा पाइन्छ । त्यस्तै ब्राण्डले निकट भविष्यमा अन्य उत्पादनहरु जस्तै ब्याग, बेल्ट, परफ्यूम टोपीलगायतका सामान पनि उत्पादन गर्ने लक्ष्य लिएको जनाईएको छ ।