नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै काठमाडौंको चाबहिलमा वृहत् जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ ।

चाबहिल चुच्चेपाटीस्थित पासाङ ल्ह्यामुको सालिक पछाडिको हायत हाई ग्राउन्डमा लागिरहेको मेलामा १४ वटा कम्पनीका ५० वटा ब्राण्डका जुत्ताहरु पाउन सकिने आयोजकको भनाई छ ।

चाडपर्वलाई लक्षित गर्दै सुरु भयो ‘चाबहिल जुत्ताचप्पल व्यापार मेला’

मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर शू, रन शू, हाइलाइफ, सिल्स शुज, बोस शुज, स्वदेश प्राइड, आइडल शुज, वान वर्ल्ड, भेनस शुज, एक्ट्रा शुज, शु ल्याण्ड, बेली सुज, डिजे कलेक्सन, हिमानी कलेक्सनका ८ हजारभन्दा बढी डिजाइनका जुत्ताहरु सुपथ मुल्यमा वारेन्टीसहित पाउन सकिने मेला आयोजक तथा सिल्स सुजका प्रवन्ध निर्देशक दिवाकर गिरीले जानकारी दिए ।

चाडपर्वलाई लक्षित गर्दै सुरु भयो ‘चाबहिल जुत्ताचप्पल व्यापार मेला’

विशेषगरि चाबहिल, बौद्ध, कपन, साँखु, मंगलटार र जोरपाटीका ग्राहकहरुलाई लक्षितगरि आयोजना गरिएको मेलामा ग्राहकहरुले एउटै छानामुनी १५० रुपैयादेखि ९ हजार सम्मका जुत्ताचप्पल खरिद गर्न पाउने आयोजक गिरी बताउँछन् ।
मेलामा दैनिक नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल राखिने हुनाले मेला ग्राहकहरुका लागि एकदमै फलदायी हुने आयोजकको भनाई छ ।

चाडपर्वलाई लक्षित गर्दै सुरु भयो ‘चाबहिल जुत्ताचप्पल व्यापार मेला’

१५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्थासहित लागेरहेको मेलामा पार्टी सुज, लेडिज सुज , क्याजुवल सुज, बुट, लेदर सुज, स्पोर्टस् सुज, स्कुल सुज, स्टिल सुज, टे«किङ्ग सुज, लेडिज सुज र सेन्डलहरु पाउन सकिने अर्का आयोजक तथा भेनस सुजका प्रवन्ध निर्देशक जीवन श्रेष्ठले जानकारी दिए ।

मेलामा आएका ग्राहकहरु पनि सुपथ मुल्यमा सोचेजस्तो जुत्ता किन्न पाउँदा मख्ख देखिन्छन् । मेला लागिरहेको थाहा पाएपछि जुत्ता खरिद गर्न आएका कपनका राजीव भण्डारीले सोचे भन्दा राम्रा राम्रा जुत्ता सस्तो मुल्यमा पाएको भन्दै अरुलाई पनि मेलामा आएर मौकाको फाईदा उठाउँन आह्वान गरे ।

चाडपर्वलाई लक्षित गर्दै सुरु भयो ‘चाबहिल जुत्ताचप्पल व्यापार मेला’

नेपालीहरुको महान् पर्व दशैं, तिहार, छठलाई लक्षित गरि भाद्र १८ गतेबाट सुरु भएको मेला फुलपातीको दिनसम्म लाग्ने आयोजकले जानकारी दिएको छ ।

व्यापार मेला अवलोकन गरि सस्तो, टिकाउयुक्त र भरपर्दो जुत्ताचप्पलहरु खरिद गरि नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सम्पूर्ण ग्राहकहरुलाई आयोजकले आग्रह गरेको छ ।