नेपाली होटल व्यवसायी संघको २२ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनबाट अध्यक्ष पदमा पुनः गणेश ढकाल सर्वसम्मतले चयन भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बस्तुगततर्फका अध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यता तथा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेको विशिष्ट आतिथ्यतामा सम्पन संघको २२ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनले ढकालसहीत २२ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

नेपाली होटल व्यवसायी संघको १३ औं अधिवेशन : अध्यक्षमा पुनः ढकाल सर्वसम्मत चयन

जसअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा काजीबहादुर कटुवाल, प्रथम उपाध्यक्ष पदमा कमल अधिकारी, द्धितीय उपाध्यक्षमा दुर्गा थापा, महासचिव पदमा पुन समदेन लामा (दिपक), उपमहासचिवमा अम्मर विकास रिजाल, सचिवमा युवराज पराजुली, कोषाध्यक्ष पदमा पुनः इन्द्रप्रसाद ढकाल, सह–कोषाध्यक्षमा भुपराज दाहाल त्यस्तै सदस्यहरुमा अमृत घिसिङ, प्रकाश शर्मा, बिमल चौहान, नोखिराम खत्री, दिनेश कुमार कार्की, बिष्णु माया दाहाल (पुष्पा(, शेरबहादुर बिष्ट, संगिता श्रेष्ठ, रामचन्द्र महत, सुशील पौडेल, यमबहादुर राना, देवराज घिमिरे र महिला सदस्यमा टोमादेवी सुवेदी चयन भएका छन् ।

नेपाली होटल व्यवसायी संघको १३ औं अधिवेशन : अध्यक्षमा पुनः ढकाल सर्वसम्मत चयन

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा महासंघका उपाध्यक्ष ढकालले नेपाली होटल व्यवसायी संघले नयाँ बसपार्क क्षेत्रका होटल व्यवसायीहरुका हकहितका लागि गरेको कार्यको प्रशंसा गरे ।

नेपाली होटल व्यवसायी संघका व्यवसायी सदस्यहरुको उत्साहजनक उपस्थितिबाट देशभरकै व्यवसायीहरुको समस्यालाई उजागर गरेको हुँदा होटल तथा पर्यटन व्यवसायीहरुलाई छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले थप प्राथमिकता र महत्वकोसाथ स्थान दिएको, साथै नेपाल सरकारले प्याकेजको रुपमा आर्थिक प्रस्ताव ल्याउन र आन्तरिक तथा वाह्य पर्यटकको सेवामा नयाँबसपार्कमा हेल्पडेक्स राख्न समन्वयकारी भूंमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

नेपाली होटल व्यवसायी संघको १३ औं अधिवेशन : अध्यक्षमा पुनः ढकाल सर्वसम्मत चयन

होटल व्यवसायीहरुले तिरेको राजश्वबाट नेपालको अर्थतन्त्रमा ठूलो सहयोग मिलेको बताउँदै उनले साना तथा मझौला होटल व्यवसायीहरुलाई पनि सरकारले ठूला होटल व्यवसायीहरुलाई सरह सेवा सुविधा प्रदान गर्नुपर्ने बताए । साथै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदैं महासंघबाट गर्नुपर्ने जस्तोसुकै सहयोग पनि गर्न आफू सदैव तत्पर रहेको उनले विश्वास दिलाए ।

नेपाली होटल व्यवसायी संघको १३ औं अधिवेशन : अध्यक्षमा पुनः ढकाल सर्वसम्मत चयन

त्यस्तै संघका अध्यक्ष ढकालले अत्याधिक व्यवसायी साथीहरुको साथ र सहयोगले आफूले व्यवसायीहरुप्रति अघिल्लो कार्यकालमा पुर्याएको योगदानको कदर गर्दै पुन अध्यक्ष पदमा सर्वसम्मतले चयन गरेकोमा खुशी व्यक्त गरे ।

अघिल्लो कार्यकालमा पुरा गर्न अधुरा रहेका कार्यहरु पुरा गर्ने र व्यवसायभित्र रहेका विकृति विसंगतिहरुको अन्त्य गर्दै होटल व्यवसायीहरुको हकहितका लागि निरन्तर लागिपर्ने अध्यक्ष ढकालले जानकारी दिए । १–२ जना व्यवसायीहरुका कारण सम्पुर्ण व्यवसायीहरु बदनाम हुनुपरेको बताउँदै उनले त्यस्ता व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए ।

नेपाली होटल व्यवसायी संघको १३ औं अधिवेशन : अध्यक्षमा पुनः ढकाल सर्वसम्मत चयन

नयाँ बसपार्क क्षेत्रका होटल व्यवसायीहरुलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गराउँन आफू कटिबद्ध भएर लाग्ने समेत विश्वास दिलाए । साथै आफ्नो कार्यकालमा व्यवसायीहरुलाई विभिन्न होटलसम्बधि जनचेतना तथा तालिमहरु प्रदान गर्ने सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकताका साथ निरन्तरता दिदै जाने विश्वास दिलाए ।

नेपाली होटल व्यवसायी संघको १३ औं अधिवेशन : अध्यक्षमा पुनः ढकाल सर्वसम्मत चयन

विशिष्ट अतिथि तथा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले काठमाण्डौ स्थित ८ वटा इकाई संघहरुमा आवद्ध होटलहरुले दशौं हजारलाई रोजगारी प्रदान गरेको तर कर्मचारी काम सिकेर विदेश जाने परिस्थितिले संधै कामदारको कमि भईरहने परिस्थितिमा होटलसंग सम्बन्धित विभिन्न उपलब्धमूलक तालिमको आवश्यकता परिपूर्ति गर्न राज्यका निकायहरुसंग महासंघले निरन्तर पहलता लिई कार्यक्रमहरु संचालन गर्दै आईरहेको धारणा व्यक्त गरे ।

नेपाली होटल व्यवसायी संघको १३ औं अधिवेशन : अध्यक्षमा पुनः ढकाल सर्वसम्मत चयन

नेपाली होटल व्यवसायी संघको वर्तमान जुझारु र सक्षम नेतृत्वले गरेको डिजिटल एप्स लगायतका सह्रानिय कार्यहरुको प्रशंसा गर्दै घरभाडाको समस्या समाधानमा महासंघको ऐक्यवद्धता जनाउँदै विभिन्न क्षेत्रमा संचालित भ्रमण वर्ष लगायतका कार्यक्रममा सहकार्य, पर्यटन ऐन संशोधनको लागि निरन्तर पहलता लिईरहेको साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न एक ठाउँको व्यवसायी संघले अर्को स्थानमा भ्रमणको प्याकेज मार्फत व्यवसाय चलायमान बनाउन ठोस योजना ल्याईने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपाली होटल व्यवसायी संघको १३ औं अधिवेशन : अध्यक्षमा पुनः ढकाल सर्वसम्मत चयन

यसैगरी होटल व्यवसायी महासंघ नेपाल र नेपाली होटल व्यवसायी संघका संरक्षक तथा पूर्व अध्यक्ष अमृत बहादुर भुजेलले व्यवसायिक एकवद्धता सहित होटल व्यवसायीहरुको हकहितका लागि लडिरहने र राज्यका निकायले समेत होटल तथा पर्यटन व्यवसायीलाई देखिने गरी सहयोग गर्नु पर्ने धारणा राख्नु हुँदै संस्थाको अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन्।

नेपाली होटल व्यवसायी संघको १३ औं अधिवेशन : अध्यक्षमा पुनः ढकाल सर्वसम्मत चयन

सो कार्यक्रममा अन्य विशिष्ठ अतिथिहरुमा का.म.न.पा. वडा नं.९ का वडाध्यक्ष रामभक्त घिमिरे, २६ का वडाध्यक्ष ख्यामराज तिवारी, वडा नं.१६ का कार्यवहाक वडाध्यक्ष, अतिथिहरु होटल व्यवसायी महासंघ नेपालका संरक्षक अमृत बहादुर भुजेल, वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा, उपाध्यक्ष मोदनाथ बेलवासे, उपाध्यक्ष देवी गौतम (रविन), उपाध्यक्ष भाईचन्द्र श्रेष्ठ, महासचिव टि.आर. भण्डारी (शंकर), उप-महासचिव राजेश महोत्रा, सचिव मित्र प्रसाद ढकाल, कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सह(कोषाध्यक्ष सुदिप कुमार श्रेष्ठ, लेखा संयोजक दिपेन सुवेदी (उमेश), होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाण्डौका अध्यक्ष शैलेश कार्की, काटमाण्डौ स्थित विभिन्न इकाई संघका अध्यक्षहरु, विभिन्न व्यवसायिक एवम् सामाजिक संघसंस्थाका अध्यक्षहरु, पत्रकार, नेपाली होटल व्यवसायी संघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमिति, होटल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेपाली होटल व्यवसायी संघको १३ औं अधिवेशन : अध्यक्षमा पुनः ढकाल सर्वसम्मत चयन

संस्थाका अध्यक्ष श्री गणेश ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा महासचिव समदेन लामा दिपकले कार्यक्रमको उद्कोष गरेका थिए । त्यस्तै अधिवेशनको बन्दसत्रमा निर्वाचन अधिकृत अधिवक्ता श्री धनन्जय खनालको संयोगकत्वमा गठित निर्वाचन समितिले निर्वाचनको भूमिका निर्वाह गरेको थियो ।