सगरमाथा एण्ड लुम्बिनी इन्स्युरेन्स कम्पनी लिमिटेड (सलिको)ले फूटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपाल (एफम्यान)मा आवद्ध सदस्यहरुका लागि बीमा सम्बन्धि जनचेतना कार्यक्रम आयोजना गरेको छ ।

सलिकोले दियो एफम्यानका सदस्यहरुका लागि ‘बीमा सम्बन्धि जनचेतना’

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एफम्यानमा आवद्ध पदाधिकारीहरुलाई बीमा सम्बन्धि नीति, नियम र उद्योगीहरुका लागि बिमाको महत्वको विषयमा तालिम प्रदान गरिएको हो ।

सलिकोले दियो एफम्यानका सदस्यहरुका लागि ‘बीमा सम्बन्धि जनचेतना’

कार्यक्रममा बोल्दै एफम्यानका अध्यक्ष रुद्र न्यौपानेले सलिकोले फुट्वेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपाललाई प्रदान गरेको जनचेतना कार्यक्रम एकदमै फलदायी रहेको बताए ।

उद्योगीहरुलालाई बीमाको बारेमा राम्रोसँग जानकारी नहुँदा धेरै समस्या झेल्नुपरेको बताउँदै उनले बीमा सबैका लागि एकदमै आवश्यक रहेको र सबै उद्योगीहरुले आफ्नो उद्योगको अनिवार्य बीमा गराउँन समेत आग्रह गरे ।

सलिकोले दियो एफम्यानका सदस्यहरुका लागि ‘बीमा सम्बन्धि जनचेतना’

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा बीमा प्राधिकरणका निर्देशक सुवेदीले सलिकोले बीमाको आवश्यकता र महत्व सम्बन्धि एकदमै महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे ।

उनले भने ‘जसले बीमाको बस्तुको उपयोग गर्छ उसले बीमाको बारेमा नबुझेसम्म बीमाको बास्तविक बजार हुन सक्दैन र बीमालाई सही ढंगले उपयोग पनि गर्न सकिदैन त्यसकारण जसलाई बीमा चाहिएको छ जसले बीमा किन्छ त्यो पक्षलाई जागृत गराउने जुन प्रयत्न छ त्यो एकदमै प्रशंसनीय छ ।’

सलिकोले दियो एफम्यानका सदस्यहरुका लागि ‘बीमा सम्बन्धि जनचेतना’

सलिकोकी डिसिईओ बारिष्मा साउद आचार्यले संस्था स्थापनादेखि हालसम्मका गतिविधिहरुको बारेमा प्रकाश पारेकी थिइन् । उनले कम्पनीको मुख्य उद्देश्य उच्चस्तरिय सेवा दिने र ग्राहकहरुलाई पनि बीमा भन्ने बित्तिकै सगरमाथा एण्ड लुम्बिनी इन्स्युरेन्स भनेर दिमागमा आउने बनाउने लक्ष्य रहेको बताईन् ।

सलिकोले दियो एफम्यानका सदस्यहरुका लागि ‘बीमा सम्बन्धि जनचेतना’

सगरमाथा र लुम्बिनी इन्स्युरेन्स कम्पनी मर्ज भएपछि कम्पनी एकदमै शसक्त र आर्थिक हिसाबले पनि बलियो भएको बताउँदै उनले अहिले आफ्नो कम्पनीमा २ अर्ब ६२ करोड पुँजी भएको जानकारी दिईन् ।

कार्यक्रममा सलिकोका अनराइटिङ प्रमुख दिवस तिमल्सिनाले करिब १ घण्टा बीमाको बारेमा प्रिजेन्टसन गरेका थिए । त्यस क्रममा उनले बीमा प्रावधान, नीति, बिमाका प्रकारहरुको बारेमा जानकारी दिएका थिए ।

त्यस्तै कार्यक्रममा सलिकोका क्लेम प्रमुख सुभाष दीक्षितले कस्तो अवस्थामा बीमा दाबी गर्न मिल्छ र कस्तो अवस्थामा दाबी गर्न मिल्दैन भनेर स्पष्ट गराएका थिए । त्यस्तै बीमा दाबी गसिकेपछि कति समयमा बिमा रकम प्राप्त हुन्छ यसको प्रावधान के छ भनेर जानकारी गराएका थिए ।

सलिकोले दियो एफम्यानका सदस्यहरुका लागि ‘बीमा सम्बन्धि जनचेतना’

कार्यक्रममा बोल्दै सलिकोका सिईओ चंकी क्षेत्रीले पछिल्लो समय सलिको नेपालकै १ नम्बर बीमा कम्पनी बन्न सफल भएको बताए । सबै उद्योगीहरुलाई बीमाको महत्व तथा बिमा गरिसकेपछि जोखिम न्युनिकरण हुने र जस्तोसुकै आपत विपत् आईपरेपनि ढुक्क भएर आफ्नो व्यवसायलाई निरन्तरता दिन सकिने भन्दै सबै उद्योगी व्यापारी व्यवसायीहरुलाई आफ्नो व्यवसायको अनिवार्य बीमा गर्न आग्रह गरे ।

सलिकोले दियो एफम्यानका सदस्यहरुका लागि ‘बीमा सम्बन्धि जनचेतना’

इन्स्युरेन्स अवार्नेस कार्यक्रम उद्योगी व्यवसायीहरुका लागि अति नै आवश्यक रहेको बताउँदै उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरलाई निरन्तरता दिदै जाने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रममा एफम्यानका वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेले कार्यक्रम अति नै फलदायी भएको बताए । कार्यक्रमबाट बीमाको महत्व प्रकृया र प्रावधानको बारेमा सम्पुर्ण उद्योगीहरुले ज्ञान प्राप्त गरेको जानकारी दिए । साथै यस्ता कार्यक्रम देशैभरका उद्योगी व्यवसायीहरुका लागि आवश्यक रहेको समेत उनले बताए ।

कार्यक्रममा एशोसियसनका वर्तमान कार्यसमितिका पदाधिकारीहरु, पूर्वअध्यक्षहरु तथा विभिन्न जुत्ता कम्पनी संचालकहरुले सहभागिता जनाएका थिए ।