चितवनको भरतपुरमा जुत्ता एक्सचेन्ज मेलाको दोस्रो संस्करण सुरु भएको छ ।
प्रख्यात नेपाली ब्राण्ड केटिएम सुज र सम्राट सुजले चितवन भरतपुरस्थित गङगोत्री मार्गमा संचालनमा ल्याएको एक्सचेन्ज मेलामा जस्तोसुकै पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाइने व्यवस्था रहेको छ ।

मेलामा पुरानो जुत्ताको मुल्य ५ सय रुपैयाँ तोकिने र नयाँ जुत्तामा थप २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेला आयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए ।
अघिल्लो एक्सचेञ्ज मेलामा जुत्ता खरिद गर्न आएका उपभोक्ताहरुको अत्याधिक चासो र जिज्ञासाका कारण पुनः एक्सचेन्ज मेला आयोजना गरेको आयोजक महतो बताउँछन् । मेलाकै लागि भनेर नयाँ र लेटेस्ट डिजाइनका १ हजारभन्दा बढी डिजाइनका जुत्ताहरु ६ महिनाको वारेन्टिसहित पाउन सहिने उनी बताउँछन् ।

विशुद्ध नेपाली ब्राण्डका उच्च गुणस्तरका, विदेशी जुत्ताभन्दा आकर्षण, टिकाउ र कन्फर्टेवल जुत्ताहरु सस्तो मुल्यमा बिक्री वितरण गर्दै आएको बताउँदै आयोजक महतोले ग्राहकहरुकै रोजाई अनुसारका जुत्ताहरु मेलामा पाउन सकिने बताए ।
मेलामा उच्च क्वालिटीका पार्टी सुज, स्पोर्ट सुज, स्कुल सुज, अफिस सुज, क्याजुवल सुज, लोफर, स्निकर लगायत १ हजारभन्दा बढी नयाँ डिजाइनका जुत्ताहरु सुफत मुल्यमा उपलब्ध हुने आयोजकको दावी छ ।
उनी भन्छन् –‘नेपाली उपभोक्तालाई आफ्नो उत्पादन लगाउने बानी बसाल्नका लागि र नेपाली ब्राण्डलाई विश्वमाझ चिनाउनका लागि यस्तो आकर्षक अफर ल्याएका हौ । त्यसकारण उपभोक्तलाई फ्याक्ट्री मुल्यमानै यस मेलाबाट जुत्ता उपलब्ध गराउँने छौ ।’

पछिल्लो समय हरेक नेपालीहरुको मन जितिरहेको केटिएम सुज र सम्राट सुज अहिले हरेक नेपाली माझ लोकप्रिय बन्दै गएको छ । विदेशबाट आयात हुने जुत्ताभन्दा आकर्षक टिकाउ र भरपर्दो यस ब्राण्डले देशैभर आफ्नो शाखा बिस्तार गरेर हरेक नेपालीमाझ पु¥याउन लागिपरेको छ ।








