नेपाल हिमालय सीमापार वाणिज्य संघले व्यवसायीहरुका विविध समस्या समाधान गरिदिन माग राख्दै अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष रामहरि कार्कीको संयोजकत्वमा संघका पदाधिकारीहरु सहितको टिमले आज मन्त्रालयमै पुगेर मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

हिमालय सीमापार वाणिज्य संघद्धारा अर्थमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण

संघका अध्यक्ष कार्कीले मन्त्री पौडेललाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नेपाल र चीन बिचको व्यापारलाई अझै विस्तार गर्नका लागि चीनसँगको ६ वटै नाका आयात निर्यातका लागि संचालनमा ल्याउनुपर्ने बताए ।

चीनले ६ वटा नाकाबाट व्यापार गर्न स्वीकृती दिएतापनि सरकारले हालसम्म तातोपानी र केरुङ नाका मात्र संचालन गर्दा व्यापारीहरुलाई सामान आयात निर्यात गर्न समस्या भएको उनले बताए ।

हिमालय सीमापार वाणिज्य संघद्धारा अर्थमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण

मन्त्रीको ध्यानाकार्षण गराउँदै उनले चीन तर्फको नाकामा भौतिक पूर्वाधार राम्रो भएपनि नेपालतर्फको भौतिक पूर्वाधार, बाटो, गोदान, पार्किङ स्थल र प्रयोगशाला नहुँदा आयात निर्यातमा समस्या पर्ने गरेकोले र उत्तरी नाकाको भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने माग राखे ।

हिमालय सीमापार वाणिज्य संघद्धारा अर्थमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरेले भन्सार विभागबाट आयातित बस्तुमा लगाउने भन्सार महसुल आयातकर्ताले विदेशी मुलुकमा खरिद गरेको कारोबार मूल्यका आधारमा सबै भन्सार बिन्दुमा सामान रुपमा लगाउनुपर्ने माग राख्दै खुल्ला सिमा नाकाहरुबाट हुने अवैध आयातलाई नियन्त्रणमा लिन मन्त्रीको ध्यानाकार्षण गराए ।

हिमालय सीमापार वाणिज्य संघद्धारा अर्थमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण

संघका महासचिव रामचन्द्र पराजुलीले अन्तराष्ट्रिय भुक्तानी प्रणालीलाई परिमार्जन गरि केही रकम बढाउन मन्त्रीसमक्ष अनुरोध गरे । नेपालले चीनबाट कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु, मेसिनरी वस्तु आयात गर्दा टिटि वा ड्राफ्ट मार्फत चीनबाट आयात गरी भुक्तानी पठाउँदा अन्तराष्ट्रिय बजारमा मूल्य वृद्धिको कारण हालको सिलिङमा ५० हजार डलर गरिदिन र ‘ड्याप’बाट आयात गर्नेलाई बढाएर १ लाख डलर गरिदिन उनले आग्रह गरे ।

हिमालय सीमापार वाणिज्य संघद्धारा अर्थमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण

नेपालको उत्तरी नाकाबाट ३० किलोमिटरभित्र व्यवसायीक केन्द्र बनाउन सके चाइनीजहरुलाई पनि नेपालमै आएर नेपाली उत्पादन किन्न सक्ने अवस्था हुने र त्यसले आयातमा वृद्धि हुने समेत जानकारी दिए ।

साथै यस आर्थिक वर्षबाट व्यवसायीक कारोबारको रकम सोही फर्ममा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्थाले व्यवसायीक कारोबार गर्दा विभिन्न कार्यमा हुने खर्च उक्त खाताबाट गर्न पाईने नपाईने स्पष्ट उल्लेख नुहदाँ व्यवसायीहरुलाई कठिनाई भएको भन्दै यसको समाधानका लागि पनि पहल गरिदिन महासचिव पराजुलीले मन्त्रीको ध्यानाकार्षण गराए ।

त्यस्तै अर्थमन्त्री पौडेलले व्यवसायीहरुका जायज मागहरु पुरा गर्न आफू कटिबद्ध भएर लाग्ने विश्वास दिलाए । उत्तरी नाकाका समस्या समाधानका लागि सरकार सधैं सकारात्मक रहेको समेत उनले जानकारी दिए ।

भिडियो हेर्नुहोस् ।