काठमाडौं । नेपाली होटल व्यवसायी संघले मानव बेचविखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोको सहकार्य तथा टोखा नगरपालिका वडा नं. ९ को समन्वयमा संघले सोही वडाको कार्यालयमा आज कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक ओमबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व संघका अध्यक्ष गणेश ढकालले गरेका थिए ।

नेपाली होटल व्यवसायी संघद्धारा ‘मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न

कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरिक्षक बिरेन्द्र गोदारले मानव बेचबिखन कसरी हुन्छ र त्यसलाई रोकथाम गर्न होटल व्यवसायीहरुले कस्तो भुमिका निर्वाह गर्न सक्छन् भनेर करिब १ घण्टा अन्तरक्रिया गरेका थिए । उनले नेपालमा पछिल्लो समय मानव बेचबिखनलाई रोक्न नेपाल प्रहरीले खेलेको भुमिकाको बारेमा समेत जानकारी दिएका थिए ।

नेपाली होटल व्यवसायी संघद्धारा ‘मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रहरी बरिष्ठ उपरिक्षक रानाले नेपाली होटल व्यवसायी संघले गरेको कार्यक्रम देशका विभिन्न ठाउँहरुमा गर्न आवश्यक रहेको बताए । उनले नेपालका दुर्गम गाउँमका अशिक्षित चेलीहरुलाई राम्रो काम लगाईदिने बहानामा भारतका कोठीहहरुमा लगेर वेश्यावृत्तिमा जबरजस्ती लगाउने प्रवृत्ति थप बढ्दै गएको बताउँदै पछिल्लो समय भिजिट भिसाका नाममा पनि थुप्रै मानव तस्करी बढ्दै गएको समेत जानकारी दिए ।

नेपाली होटल व्यवसायी संघद्धारा ‘मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न

साथै यस्ता विकृतिहरुको अन्त्य गर्नका लागि नेपाल प्रहरीलाई सबैले साथ र सहयोग गर्न समेत उनले आग्रह गरे ।

त्यस्तै कार्यक्रममा संघका अध्यक्ष ढकालले सरकारले नयाँ बसपार्क र गंगबु क्षेत्रका होटल व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण संघले आयोजना गरेको कार्यक्रमलाई हेरेर पनि हुनुपर्ने बताए । नेपालमा बढ्दै गएको मानव बेचबिखनको रोकथाम तथा अन्त्य गर्न संघले आगामी दिनहरुमा पनि नेपाल प्रहरी सँग सहकार्य गर्दै यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै जाने समेत प्रतिबद्धता जनाए ।

नेपाली होटल व्यवसायी संघद्धारा ‘मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न

कार्यक्रममा मानव बेचबिखन ब्यूरोका प्रहरी उपरिक्षक गौतम मिश्र, टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष रामभक्त घिमीरेले र होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरबहादर थापा (शेरु)ले नेपाली होटल व्यवसायी संघले गरेको कार्यको प्रशंसा गर्दै मानव बेचबिखनलाई रोकथाम गर्नका ला सहयोग गर्न आग्रह गरेका थिए ।

नेपाली होटल व्यवसायी संघद्धारा ‘मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने व्यवसायीहरुले होटल व्यवसाय भित्र देखिएका समस्या, विकृति र विसंगतिहरुको बारेमा आ–आफ्नो धारणा समेत राखेका थिए ।