अरुण बरुण बहुउद्देशीय सहकारी संस्था लिमिटेडले मातातिर्थ औंसी संखुवासभास्थित मनाकामना धामको वृद्धाश्रममा रहेका वृद्धवृद्धा तथा त्यहाँ अवस्थित गुरुकूलका बटुकहरुलाई खाद्यन्न वितरण गरि मनाएको छ ।

अरुण बरुण सहकारी संस्थाको मातातिर्थ औंसी मनाकामनाको वृद्धाश्रममा

संस्थाका अध्यक्ष इश्वरकाजी कटुवालको संयोजकत्व तथा सम्पुर्ण पदाधिकारीहरुको उपस्थितिमा आज बिहानै वृद्धाश्रममा पुगी आवश्यक खाद्य सामाग्री वितरण गरेका हुन् ।

संस्थाले प्रत्येक वर्ष व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र यसवर्ष मातातिर्थ औंसीको अवसर पारि वृद्धाश्रममा खाद्य सामाग्री वितरण गरि मनाएको अध्यक्ष कटुवालले जानकारी दिए ।

अरुण बरुण सहकारी संस्थाको मातातिर्थ औंसी मनाकामनाको वृद्धाश्रममा

वृद्धाश्रममा गई केही भएपनि खाद्यन्न वितरण गरि मातातिर्थ औंसी मनाउन पाउँदा एकदमै खुशी महशुस भएको बताउँदै संस्थाका उपाध्यक्ष जनक पौडेलीले आगामी दिनहरुमा पनि यस्ता सहयोगका कार्यहरु निरन्तर गर्दै जाने प्रतिवद्धता जनाए ।

वृद्धाश्रमका वृद्धवृद्धा र गुरुकूलका बटुकहरुले संस्थाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै अन्य संघ संस्थाहरुले पनि यस्तै सहयोग गरिदिन आग्रह गरेका थिए ।

संखुवासभा जिल्लाको खाँदबारीमा केन्द्रीय कार्यालय र तुम्लिङटारमा समेत शाखा कार्यालय स्थापना गरि कारोबार भइरहेको अरुण बरुण बहुउद्देशीय सहकारी संस्था लिमिटेडले स्थापनाकालदेखि नै व्यवसायीक मात्रै नभएर सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकताका साथ काम गरिरहेको छ ।

अरुण बरुण सहकारी संस्थाको मातातिर्थ औंसी मनाकामनाको वृद्धाश्रममा

कोरोनाको समयमा खाद्यन्न तथा आर्थिक सहयोग, वृक्षरोपण लगायत विभिन्न खेलकुदहरुमा आर्थिक सहयोगका कामहरु गरेको थियो भने आगामी दिनमा संस्थाले समाजसँग प्रत्यक्ष रुपमा जोडिएर स्वास्थ्य शिविर, योगा शिविर, आवश्यक परेका ठाउँहरुमा खाद्यन्न तथा आर्थिक सहयोग गर्दै जाने लक्ष्य रहेको संस्थाका अध्यक्ष कटुवालले जानकारी दिए ।