गैरआवासिय नेपाली संघका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका सामाग्रीहरु स्वदेशमा विक्रि वितरण गर्नका लागि नेपालमा कोरियन कम्पनी भित्र्याएका छन् ।

कोरियाको सरकारी कृषि बैंक अन्तर्गत संचालित किम्जे कृषि सहकारी संस्था र नेपालको विजे इनटरनेशनल प्रालिबीच कोरियन कृषि सामाग्री विक्रि वितरण गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

एनआरएनएका अध्यक्ष कुँवरले भित्र्याए कोरियाका कृषि उत्पादन

किम्जे कृषि सहकारी संस्थाका अध्यक्ष लि जङ योङ र विजे इन्टरनेशनल प्रालिका तर्फबाट विनोद कुँवरले बिहीबार ललितपुरको कोरियन बार्बिक्यु रेष्टुरेन्टमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

कोरियामा रहेका कृषकहरुले उत्पादन गरेको चामल, बेसारबाट बनेको मादक पदार्थ तथा अन्य उत्पादनहरु नेपालमा बिक्रि वितरणका साथै नेपालमा समेत कोरियन प्रविधिबाट उत्पादन गर्नका लागि सहयोग गर्ने गरी सम्झौता गरिएको अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।

एनआरएनएका अध्यक्ष कुँवरले भित्र्याए कोरियाका कृषि उत्पादन

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बाग्मति प्रदेशका सांसद युवराज चौलागाईको उपस्थिति रहेको थियो । सांसद चौलागाईले कृषिप्रधान देश नेपालमा कोरियन प्रविधिको आवश्यकता रहेको हुँदा नेपालमा लगानी भित्र्याउन कोरियनहरुलाई आग्रह गरे ।

कोरियाका विभिन्न क्षेत्रका कृषि सहकारीका संचालकहरु नेपाल भ्रमणमा आएको अवसरमा उक्त सम्झौता गरिएको हो ।

कोरियाको सरकारी वैंकको लगानी रहेका कृषि सहकारी अन्तर्गत विभिन्न कृषकले उत्पादन गरेका सामाग्री नेपालमा भित्र्याउने मात्र नभएर नेपालमा नै कोरिया सरह उत्पादनका लागि भोलिका दिनमा काम गर्ने जनाइएको छ ।

एनआरएनएका अध्यक्ष कुँवरले भित्र्याए कोरियाका कृषि उत्पादन

कोरियामा कर्मथलो बनाएका कुँवरले कोरियाको लगानी स्वदेशमा ल्याएर विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।

कार्यक्रममा एनआरएनएका पदाधिकारी तथा कोरियनहरुको उपस्थिति रहेको थियो ।