नेपाल हिमालय सिमापार वाणिज्य संघको १२ औं अधिवेशन तथा २४ औं वार्षिक साधारणसभाबाट निर्वाचित भएर आएका कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको छ ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा संघका निवर्तमान अध्यक्ष अशोककुमार श्रेष्ठको सभापतित्वमा संघले नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गर्दै बधाई तथा सफल कार्यकालकको शुभकामना प्रदान गरेको हो ।

हिमालय सिमापार वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण
संघका निवर्तमान अध्यक्ष श्रेष्ठले सम्पुर्ण कार्यसमिति सदस्यहरु, संघका अग्रज व्यक्तित्वहरुको साथ र सहयोगले नै आफ्नो कार्यकाल सफल भएको बताउँदै सम्पुर्णमा आभार प्रकट गरे । आफू निवर्तमान हुँदै गर्दा पनि संघमा उत्तिकै सक्रिय भएर व्यवसायीहरुको हकहितको लागि रहने समेत उनले विश्वास दिलाए ।
हिमालय सिमापार वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदैं महासंघ हिमालय सिमापार सँगै हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले संघलाई जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्ने विश्वास दिलाए । साथै निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल सफतापूर्वक सम्पन्न गरेको भन्दै उत्तरी नाका पुर्ण रुपमा खुलाउन उनले गरेको योगदानको प्रशंसा गरे ।

नवनिर्वाचित अध्यक्ष रामहरी कार्कीले संघका पदाधिकारीहरुले विश्वास गरेर संघको अध्यक्ष पदमा निर्वाचित गराएकोमा खुशी व्यक्त गरे । उनी संघमा स्थापनाकाल देखि नै आवद्ध भएका कारण व्यवसायीहरुका समस्याहरु नजिकबाट नियालेको र आफू संघमा विभिन्न पदमा रहेर व्यवसायीहरुका हकहितका लागि थुप्रै कार्यहरु गर्दै आएको पनि बताए ।

हिमालय सिमापार वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण
आफूले नेतृत्व सम्हाल्दै गर्दा व्यवसायीहरुको हकहित र संरक्षणको लागि कटिवद्द भएर लाग्ने बताउँदै उनले संघलाई थप उचाईमा लैजाने समेत प्रतिबद्धता जनाए ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना प्रदान गर्दै साथ र सहयोग गर्ने बचनवद्धता जनाएका थिए ।

हिमालय सिमापार वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण
संघको १२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष पदमा रामहरी कार्की, वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरे , महासचिवमा रामचन्द्र पराजुली र सचिव पदमा विकास प्रसाद रिसाल, आङदोर्जे शेर्पा, तुलसी राउत र सुब्बा श्रेष्ठ निर्वाचित भएका थिए ।
हिमालय सिमापार वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण
त्यस्तै प्रथम उपाध्यक्षमा सुरेश श्रेष्ठ, उपाध्यक्षहरुमा सुजित बस्नेत, निराजन श्रेष्ठ, भरतबहादुर कार्की र ओमनाथ घिमिरे, कोषाध्यक्षमा लालबहादुर बस्नेत र सह(कोषाध्यक्षमा सुमनकाजी श्रेष्ठ निर्विरोध निर्वाचित थिए । र सदस्यहरुमा पुस्कर गिरी, शारदाप्रसाद पराजुली, छविलाल आचार्य, प्रेमकुमार शेर्पा, प्रेमबहादुर श्रेष्ठ, मुके शेर्पा, कृष्णबहादुर श्रेष्ठ, क्षितिज गौतम, राज कपुर खत्री, लाक्पा शेर्पा, नारायण पराजुली (नारे), जितेन्द्र प्रसाद दाहाल, महेश्वर बस्नेत, रामच्रन्द्र थापा, बाल्मिकी नाथ पराजुली (बलराम), बिनोद थापा, विष्णु श्रेष्ठ र विष्णुप्रसाद न्यौपाने सर्वसम्मतले भइसकेका चयन थिए ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्दै सपथ ग्रहण समेत गराइएको थियो ।

हिमालय सिमापार वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण