राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले हिमलाल खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ ।

नेपाल चेम्वर्स अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. चिरञ्जीवी नेपालको विशेष आतिथ्यतामा सम्पन्न संघको साधारणसभा तथा अधिवेशनले १९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा : खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

अधिवेशनले अध्यक्षमा खरालसहित प्रथम, द्धितीय र तृतीय उपाध्यक्षमा क्रमशः रामचन्द्र पराजुली, पदम बहादुर लामिछाने र वैकुण्ठ दाहाल चयन गरेको छ भने महासचिवमा केदारप्रसाद न्यौपाने, कोषाध्यक्षमा हरि पाण्डे, सचिवमा संजय अग्रवाल, सह–सचिवमा मोहनीलाल न्यौपाने र सह–कोषाध्यक्ष पदका लागि बिनोद तिमिल्सिना चयन गरेको छ ।

राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा : खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

त्यस्तै सदस्यहरुमा बिनोद भण्डारी, सन्तोष श्रेष्ठ, भिष्मकुमार के.सी, महेन्द्र भण्डारी, श्याम सुन्दर मकाजु, लेखनाथ गौतम, सुनिल अग्रवाल, प्रविन अग्रवाल, राजु कार्की र नारायण न्यौपानेलाई सर्वसम्मतले चयन गरेको छ ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सरोजकुमार श्रेष्ठले नननिर्वाचित कार्यसमितिलाई कार्यभार सुम्पदै सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए ।

राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा : खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

उनले आफ्नो कार्यकालमा साना तथा मझौला व्यापारीका थुप्रै समस्याहरु समाधान गर्न लागिपरेता पनि थप नयाँ समस्याहरु पनि थपिदै गएकाले ती समस्याहरुलाई नयाँ कार्यसमितिले समाधान गर्दै लैजानेमा आफु विश्वस्त रहेको बताए ।
व्यवसायीक हकहितका अलवा बैंकको ब्याजदर घटाउन, घरभाडा तथा भन्सारका समस्या समाधान गर्न र सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरुमा आफू कार्यकालमा रहँदा निरन्तर लागि परेको बताउँदै उनले आगामी दिनहरुमा पनि संघप्रति आफ्नो भरपुर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा : खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

त्यस्तै पूर्वगर्भनर तथा राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका नेपालले व्यापारीहरुका समस्या तथा सुझावलाई सरोकारवाला निकायहरुसम्म पु¥याउने प्रतिवद्धता जनाए । उनले व्यापारीहरुलाई लक्षित गर्दै व्यापार जोखिम सहन सक्ने र व्यापारिक ज्ञान भएका मान्छेले मात्र सहज ढंगमा व्यापार व्यवसाय गर्न सक्ने बताए । साथै उनले व्यापार व्यवसाय देशको अर्थतन्त्रको मेरुदण्ड रहेको बताए ।

राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा : खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

देशमा व्यापार बढे मात्रै देश अघि बढ्ने बताउँदै उनले राज्यले व्यापारीलाई ठगको दृष्टिकोणले हेर्ने गरेकोमा यो सोचाई परिवर्तन हुन जरुरी रहेको समेत बताए । उनले व्यापारीहरुलाई जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष मल्लले संघको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै निवर्तमान अध्यक्ष श्रेष्ठले संघप्रति पु¥याएको योगदानको कदर गरे । उनले सरकारको नीति गलत हुनाले साना तथा मझौला व्यवसायीहरुले दुःख झेल्नुपरेको बताए । साथै सम्पुर्ण व्यापारीहरुलाई करको दायरामा ल्याएर कालो बजारीलाई रोक्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।

राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा : खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

पछिल्लो समय देशमा आयात मात्र बढेको हुनाले व्यापार घाटा बढिरहेको बताउँदै उनले निर्यातलाई पनि बढुवा दिन सबै व्यापारी व्यवसायीहरु एकजुट भएर लाग्न आवश्यक रहेको बताए । उनले संघलाई नेपाल चेम्बर अफ कमर्शको सदैव साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा विभिन्न संघसस्थाका अध्यक्षहरु, संघका पूर्वअध्यक्षहरुका साथै उच्च पदस्थ व्यक्तित्वहरुले संघले व्यापारी व्यवसायीहरुका लागि गरेको कार्यको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा पूर्वगर्भनर नेपाललाई दोसल्लासहित सम्मान गरिएको थियो भने संघलाई योगदान पु¥याउने विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा उद्योगी व्यापारीहरुलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो ।

राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा : खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

त्यस्तै कार्यक्रमको बन्दसत्रमा संघको अघिल्लो कार्यकालमा भएगरेका गतिविधिहरु तथा आय व्यय प्रस्तुत गरिएको थियो भने अधिवक्ता दिक्षा पण्डितले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएकी थिइन् ।

राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा : खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

संघका नवनिर्वाचित अध्यक्ष खरालले संघका पदाधिकारीहरुले आफूलाई विश्वास गरेर अध्यक्ष पदमा चयन गरेकामा खुशी व्यक्त गरे । उनले आफू कार्यसमितिमा रहेर लामो समयदेखि काम गरेको हुनाले व्यवसायीहरुका समस्याहरुलाई नजिकबाट बुझेको र त्यसलाई समाधान गर्न दत्तचित्त भएर लागिपर्ने बताए ।

उनले अघिल्लो कार्यकालमा अधुरा रहेका कामहरुलाई आफ्नो कार्यकालमा पुरा गर्ने बताउँदै व्यवसायीहरुका समस्याका साथै सामाजिक कार्यलाई पनि निरन्तरता दिदै संघलाई थप उचाईमा लैजाने प्रतिवद्धता जनाए ।

संघले साधारणसभासँगै वृहत् बनभोज कार्यक्रम पनि आयोजना गरेको थियो । करिब ३ सय व्यापारीहरुको सहभागिता रहेको बनभोज कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भयो ।

राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा : खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन
राष्ट्रिय व्यापार संघको १९ औं वार्षिक साधारणसभा : खरालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन