साना तथा मझौला व्यवसायीहरुको छाता संस्था रञ्जना व्यापार संघले दोस्रो ‘फुटसल टुर्नामेन्ट’ सम्पन्न गरेको छ ।

काठमाडौंको माखलबारीस्थित मनकामना फुटसलमा गत शनिवार आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता संघका पूर्वअध्यक्ष धिरज श्रेष्ठको रहेको थियो भने विशिष्ट आतिथ्यता निवर्तमान अध्यक्ष बिना श्रेष्ठको रहेको थियो ।

रञ्जना व्यापार संघको आयोजनामा दोस्रो ‘फुटसल टुर्नामेन्ट’ सम्पन्न
रञ्जना ट्रेडमा व्यवसाय गर्ने व्यवसायीहरुलाई लक्षितगरि संघले गतवर्षबाट आयोजना गर्दै आएको फुटसल प्रतियोगितालाई यसवर्ष पनि नवनिर्वाचित कार्यसमितिका अध्यक्ष हरिप्रसाद पाण्डेको नेतृत्वमा आयोजना गरिएको हो ।

व्यवसायीहरुले भोग्नुपरेको समस्या समाधान नहुँदा धेरै व्यवसायीहरु तनावग्रस्त भएकाले खेलका माध्यमबाट केही भएपनि उनीहरुलाई तनावमुक्त गराउनका लागि टुर्नामेन्ट प्रतियोगिता सार्थक हुने आयोजकको भनाई छ ।

रञ्जना व्यापार संघको आयोजनामा दोस्रो ‘फुटसल टुर्नामेन्ट’ सम्पन्न
अहिलेको परिस्थितिमा राज्यले बढाएको अस्वभाविक ब्याजदरका कारण व्यवसायीहरुको विजनेश डामाडोल अवस्थामा रहेको र सिजनका हिसाबले पनि व्यापार नहुने सिजन भएको हुनाले व्यवसायीहरुलाई रिफ्रेस्मेन्ट साथै एकआपसमा भातृत्व तथा भाइचाराको सम्बध अभिवृद्धि गराउनको लागि खेलको आयोजना गरेको अध्यक्ष पाण्डेको भनाई छ ।
रञ्जना व्यापार संघको आयोजनामा दोस्रो ‘फुटसल टुर्नामेन्ट’ सम्पन्न
त्यस्तै संघका पूर्वअध्यक्ष धिरज श्रेष्ठले संघले गरेको कार्यप्रति सम्मान व्यक्त गर्दै निजि क्षेत्र क्षत विक्षत भएको परिस्थितिमा संघले मैत्रीपूर्ण टुर्नामेन्ट गरेर शिथिल बनेको व्यवसायलाई शारिरीक मानसिक र भौतिक रुपमा उर्जा प्रदान गरेको बताए ।

आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकी निवर्तमान अध्यक्ष बिना श्रेष्ठले अहिलेको कार्यसमितिले गरेको कामप्रति खुशी व्यक्त गरिन् साथै आगामी दिनहरुमा पनि व्यवसायीहरुको आत्मबल बढाउने खालका कामहरु गर्दै अघि बढ्न समेत आग्रह गरिन् । संघलाई आफ्नो भरपुर साथ र सहयोग रहने समेत विश्वास दिलाईन् ।

रञ्जना व्यापार संघको आयोजनामा दोस्रो ‘फुटसल टुर्नामेन्ट’ सम्पन्न
त्यस्तै संघका महासचिव महेश पौडेलले संघले व्यवसायीका हकहित लगायत अन्य थुप्रै कार्यहरु जस्तै करशिक्षा, बाढीपहिरो, भुकम्पजस्ता महामारीमा सहयोग, तीन–तीन महिनामा रक्तदानका कार्यक्रम पनि विगतदेखि नै गर्दै आएको र आगामी दिनहरुमा व्यवसायीहरुका समस्याहरु समाधान गर्दै समाजिक कार्यहरुलाई पनि निरन्तरता दिदै जाने बताए ।

टुर्नामेन्ट प्रतियोगितामा बिजेता बन्न सफल चौथो फ्लोरका खेलाडिहरु थिए भने उपविजेता पहिलो फ्लोरका खेलाडिहरु भएका थिए । साथै प्रथम टिमले औपचारिक कार्यक्रमका बिच नगद रु ३० हजार र उपविजेता टिमले २० हजार रुपैयासहीत ट्रफि मेडल र प्रमाणपत्र समेत पाएका थिए । कार्यक्रममा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्तालाई ट्रफि प्रदान गरिएको थियो । प्रतियोगितामा राष्ट्रिय रेफ्रिले प्रतियोगितालाई सफल बनाएका थिए । विभिन्न व्यापारी व्यवसायीहरुको पनि भरपुर साथ र सहयोग रहेको थिए ।

रञ्जना व्यापार संघको आयोजनामा दोस्रो ‘फुटसल टुर्नामेन्ट’ सम्पन्न
भुकम्प कोरोना नाकाबन्दी, बाढीपहिरोले गर्दा मारमा परेको व्यवसाय भर्खरै मात्र माथि उठ्नै लाग्दा राज्यको निति नियम तथा बैंकको अस्वभाविक ब्याजदरका कारण व्यवसायीहरु ठूलो मार्कामा परिरहेको अवस्था छ । व्यवसायीहरुका समस्याहरुलाई भुलाइ उनीहरुको आत्मबल बढाउनको लागि संघले यस्ता कार्यक्रमहरुको आयोजना गर्नु सार्थक देखिन्छ ।
रञ्जना व्यापार संघको आयोजनामा दोस्रो ‘फुटसल टुर्नामेन्ट’ सम्पन्न