चितवनमा संचालित नेपाली जुत्ता घरमा सुरु भएको ‘जुत्ता एक्सचेन्ज मेला’मा उपभोक्ताको आकर्षण दिनप्रतिदिन बढदो रहेको छ ।

गत माघ १ गतेबाट प्रख्यात नेपाली ब्राण्ड केटिएम सुज र सम्राट सुजले चितवनस्थित गङगोत्री मार्गमा संचालनमा ल्याएको नेपाली जुत्ता घरमा जस्तोसुकै पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाईने व्यवस्था रहेको छ । जसअन्तर्गत पुरानो जुत्ताको मुल्य ५ सय रुपैया मुल्यांकन गरिने र नयाँ जुत्तामा थप २५ प्रतिशत छुटको समेत व्यवस्था रहेको मेला आयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोको भनाई छ ।

चितवन नेपाली जुत्ताघरको ‘एक्सचेन्ज मेला’मा उपभोक्ताको बढदो आकर्षण
नेपाली ब्राण्डका जुत्ताचप्पलहरु विदेशी भन्दा आकर्षण, टिकाउ, कन्फर्टेवल र उच्च गुणस्तरका हुनुका साथै सस्तो मुल्यमा बिक्रीवितरण गर्दै आएको बताउँदै आयोजक महतोले ग्राहकहरुकै रोजाई अनुसारका जुत्ताहरु मेलामा पाउन सकिने बताउँछन् ।

विवाह, पार्टी र जाडो मौसमलाई लक्षित गरि आयोजना गरिएको एक्सचेन्ज मेलामा उच्च क्वालिटीका पार्टी सुज, स्पोर्ट सुज, स्कुल सुज, अफिस सुज, क्याजुवल सुज, लोफर लगायतका जुत्ताहरु सुफत मुल्यमा उपलब्ध हुने आयोजकको दावी छ ।

चितवन नेपाली जुत्ताघरको ‘एक्सचेन्ज मेला’मा उपभोक्ताको बढदो आकर्षण
यसअघि संचालनमा ल्याइएको मेलामा जुत्ता खरिद गर्न आएका उपभोक्ताहरुको अत्याधिक चासो र जिज्ञासाका कारण पुनः एक्सचेन्ज मेला आयोजना गरेको आयोजक महतो बताउँछन् ।
साथै मेलामा भर्खरै लन्च भएर आएका जुत्ताहरु एकदमै सस्तो मुल्यमा ६ महिनाको वाटेन्टीसहित पाउन सकिने आयोजकको भनाई छ । एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरेका छन ।

चितवन नेपाली जुत्ताघरको ‘एक्सचेन्ज मेला’मा उपभोक्ताको बढदो आकर्षण

नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने मेला आयोजकको भनाई छ ।

चितवन नेपाली जुत्ताघरको ‘एक्सचेन्ज मेला’मा उपभोक्ताको बढदो आकर्षण

चितवनको गङगोत्री मार्गस्थित होटल गङगोत्रीको अगाडि पहिलो तल्लामा नेपाली जुत्ताघरले संचालनमा ल्याएको जुत्ता एक्सचेन्ज मेला सिमीत अवधिको लागि मात्र रहेकोले सबैले आफ्ना पुराना जुत्ता नफाली एक्सचेन्ज मेलामा आएर नयाँ जुत्ता लैजान आयोजक महतो आग्रह गर्छन् ।

चितवन नेपाली जुत्ताघरको ‘एक्सचेन्ज मेला’मा उपभोक्ताको बढदो आकर्षण

पछिल्लो समय हरेक नेपालीहरुको मन जितिरहेको केटिएम सुज र सम्राट सुज अहिले हरेक नेपाली माझ लोकप्रिय बन्दै गएको छ । विदेशबाट आयात हुने जुत्ताभन्दा आकर्षक, टिकाउ, भरपर्दो र गुणस्तरीय यस ब्राण्डले देशैभर आफ्नो शाखा बिस्तार गरेर हरेक नेपालीमाझ नेपाली उत्पादनको जुत्ता पु¥याउन लागिपरिरहेको छ ।