नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मध्यराति १२ बजेबाट लागूहुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी दिएको हो ।

भारतबाट आएको नयाँ मूल्यसूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ ।