साना तथा मझौला व्यवसायीहरुको छाता संगठन राष्ट्रिय व्यापार संघले भन्सार विषयक विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको न्युरोडस्थित माडवाडि सेवा समितिको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता भन्सार विभागका निर्देशक पुन्यबिक्रम खड्काको रहेको थियो भने कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले गरेका थिए ।

राष्ट्रिय व्यापार संघको भन्सार विषयक छलफल कार्यक्रम सम्पन्न, कडाईका साथ सिमा नाका अनुगमन गरिदिन माग

नेपालको दक्षिणी नाकाबाट अनाधिकृत रुपमा राजश्व छली गरी थुप्रै सामाग्रीहरु आयात भईरहेको अवस्थामा यसको प्रत्यक्ष मार साना तथा मझौला व्यवसायीहरुले भोग्नुपरेको बताउदै यसलाई रोक्नका निमित्त सीमा नाका अनुगमनलाई बढुवा दिएर त्यस्ता मालबस्तु फेला परेमा जफत गरिदिन व्यवसायीहरुको माग रहेको छ ।

राष्ट्रिय व्यापार संघको भन्सार विषयक छलफल कार्यक्रम सम्पन्न, कडाईका साथ सिमा नाका अनुगमन गरिदिन माग

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले दक्षिणी नाकाबाट हुने गरेको चोरी पैठारीको प्रत्यक्ष मार साना तथा मझौला व्यवसायीहरुले भोग्नुपरेको बताए । सिमा नाका कडाईका साथ अनुगम गरिदिन माग गर्दै अध्यक्ष श्रेष्ठले अनाधिकृत रुपमा सामानहरु चोरी पैठारी हुँदा भन्सार मार्फत राजश्व तिरेर आयात गरिएको वस्तु महँगो हुनुका साथै आयातकर्ता र वितरकको लेबल लगाउने कार्यमा व्यवसाधन सिर्जना हुने बताए । त्यसकारण चोरी पैठारी बजारमा बिक्री वितरण गर्नुअघि अयातकर्ता र वितरकको लेवल लगाउने कार्य हाललाई स्थगित गरिदिन समेत राष्ट्रिय व्यापार संघको तर्फबाट माग रहेको जानकारी दिए ।

राष्ट्रिय व्यापार संघको भन्सार विषयक छलफल कार्यक्रम सम्पन्न, कडाईका साथ सिमा नाका अनुगमन गरिदिन माग

कार्यक्रममा भन्सार विभागका निर्देशक खड्काले संघले समसामयिक विषयलाई मुद्दाको रुपमा उठाई अन्तरक्रिया कार्यक्रम गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस्ता कार्यक्रमहरुले व्यवसायीका मागहरु संबोधन हुन ठूलो सहयोग पुग्ने बताए । विभागले कालोबजारी रोक्नका लागि अहिले विभिन्न निकायहरुसँग मिलेर छलफल गरिरहेको र यसको निष्कर्ष चाँडै आउने निर्देशक खड्काले जानकारी दिए ।

राष्ट्रिय व्यापार संघको भन्सार विषयक छलफल कार्यक्रम सम्पन्न, कडाईका साथ सिमा नाका अनुगमन गरिदिन माग

उनले भने –‘राज्यलाई सिस्टममा कर तिर्ने व्यवसायीहरु मर्कामा परेको हामीले बुझेका छौ । तपाईहरु सधैं भन्सार विभाग, मन्त्रालय साथै विभिन्न निकायहरु समस्या समाधान गरिदिन आग्रह गर्दै धाईरहेको सुहाईरहेको छैन । यो सानो इष्युलाई लिएर व्यवसायीहरु पटक–पटक धाइरहने समस्याको समाधान गर्न हामी सिस्टम डेभलोप्मेन्ट गर्दै छौ र यसको समाधान हामी चाँडै नै गर्ने छौ ।’

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बैंकहरुको चर्को ब्याजदर, व्यापारमा मन्दी, चर्को घरभाडा हुदाँ व्यवसायीहरु व्यवसायबाटै पलायन हुन थालेको बताउँदै यसको समाधानका लागि विभिन्न निकायहरुमा गई सरकारको ध्यानाकार्षण नेपाल हिमालय सीमापारले वाणिज्य संघले पटक पटक गराउँदै आएको जानकारी दिए ।

राष्ट्रिय व्यापार संघको भन्सार विषयक छलफल कार्यक्रम सम्पन्न, कडाईका साथ सिमा नाका अनुगमन गरिदिन माग

व्यापारीहरुका समस्या समाधानका लागि नेपाल हिमालय सिमापार सधैं कटिबद्द भएर लागिरहने बताउँदै अध्यक्ष श्रेष्ठले उत्तरी नाका सहज बनाई नाकामा रोकिएर रहेका सामानहरु चाँडोभन्दा चाँडो नेपाल ल्याउनका लागि सरकारले सहज वातावरण बनाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले अहिले बजारमा चोरी पैठारी एकदमै बढिरहेको तर राज्यले वास्ता नगर्दा व्यवसायीले मार खेप्नुपरेको बताए । सरकारको एकतर्फि नितिका कारण ठूला व्यापारीहरुलाई करमा छुट र साना व्यापारीहरुले सधैं चर्को कर तिर्नुपर्ने बाध्यताका अन्त्य हुनुपर्ने उनको भनाई थियो ।

राष्ट्रिय व्यापार संघको भन्सार विषयक छलफल कार्यक्रम सम्पन्न, कडाईका साथ सिमा नाका अनुगमन गरिदिन माग

उत्तरी नाका केरुङमा लामो समयदेखि सामान अड्किदा व्यवसायीहरु ठूलो समस्यामा परेको बताउँदै नाका सहज गरी आवातजावत गर्नका लागि सहज गराउन सरकारले पहल गरिनुपर्ने अध्यक्ष कार्कीले सरकार समक्ष माग राखेका थिए ।

एकता व्यापार संघका अध्यक्ष माधवप्रसाद खरेलले बैंकहरुले बढाएको अत्याधिक ब्याजदर, घरधनीले बढाएको घरभाडा, उत्तरी नाका असहज भई समान नाकामा नै अलपत्र, आर्थिक मन्दी लगायतका कारण व्यापारीहरु आत्महत्या गर्न बाध्य हुनुपर्ने अवस्थाको सृजना भएको र यसको समाधानका लागि सरकारले कुनै ठोस कदम नचालेको बताए । साथै उनले विदेशबाट आयातित हुने वस्तुहरुमा सबैभन्दा पहिला खाद्य सामाग्रीबाट परिक्षण सुरु गर्न भन्सार विभागलाई आग्रह गरे ।

राष्ट्रिय व्यापार संघको भन्सार विषयक छलफल कार्यक्रम सम्पन्न, कडाईका साथ सिमा नाका अनुगमन गरिदिन माग
कार्यक्रममा राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले दक्षिणी नाका कडाई नहुदाँ राजश्व छलीका समानहरु बढन थालेको बताउँदै यसलाई सरकारले चाँडोभन्दा चाँडो सीमा नाका अनुगमनलाई बढाएर त्यस्ता मालबस्तु फेला परेमा जफत गरि त्यसमा संलग्नलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कारवाही गर्न आग्रह गरे ।
राष्ट्रिय व्यापार संघको भन्सार विषयक छलफल कार्यक्रम सम्पन्न, कडाईका साथ सिमा नाका अनुगमन गरिदिन माग

त्यस्तै संघका उपाध्यक्ष रामचन्द्र पराजुलीले अझै पनि दक्षिणी नाकामा खुल्लम खुल्ला भन्सार छली गरेर सामान आयात हुँदा पनि सरकार मौन रहेको भन्दै नाका कडाई गर्न सरकारले विशेष पहल गरिदिनुपर्ने बताए ।

राष्ट्रिय व्यापार संघको भन्सार विषयक छलफल कार्यक्रम सम्पन्न, कडाईका साथ सिमा नाका अनुगमन गरिदिन माग

कार्यक्रममा विभिन्न संघ सस्थाहरुसँग आवद्ध व्यवसायीहरुले दक्षिणी नाकामा कानुनको दायरा बढाई चोरी पैठारी रोक्न, उत्तरी नाका सहज गराउन, व्यवसायमा भएका समस्या र विकृति हरुको बारेमा भन्सार विभागका निर्देशक खड्काको ध्यानाकार्षण गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह समेत गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन संघका महासचिव बैकुण्ठ दाहालले गरेका थिए ।

राष्ट्रिय व्यापार संघको भन्सार विषयक छलफल कार्यक्रम सम्पन्न, कडाईका साथ सिमा नाका अनुगमन गरिदिन माग

नेपालको दक्षिणी नाकामा सरकारले कडाई नगर्दा अहिले थुप्रै चोरी पैठारीका घटनाहरु बढिरहेका छन् जसको प्रत्यक्ष मार चर्को राजश्व तिर्ने व्यवसायीहरुले भोग्नुपरेको छ भने अर्कातिर राजश्व ठगी हुदाँ सरकारले पनि राजश्वको ठूलो हिस्सा गुमाउनु परिरहेको छ ।