राष्ट्रिय व्यापार संघले नेपालको दक्षिणी नाकामा रहेको खुल्ला सिमानाका कारण अनाधिकृत रुपमा चोरी पैठारी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सहायताको अनुरोध गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष सरोजकुमार श्रेष्ठको नेतृत्वमा संघका पूर्वअध्यक्ष, कार्यसमितिका पदाधिकारीहरु लगायतको टोली रास्वपाको कार्यलयमै पुगी अध्यक्ष लामिछानेलाई ज्ञापनपत्र बुझाएको हो ।
भारतसँगको खुल्ला सिमानाका कारण अनाधिकृत रुपमा चोरी पैठारी बढ्दा पनि सरकारले केही चासो, चिन्ता व्यक्त नगर्दा त्यसको प्रत्यक्ष मार चर्को राजश्व तिर्ने व्यवसायीहरुलाई परेको व्यवसायीहरुको गुनासो छ ।

राष्ट्रिय व्यापार संघले रास्वपालाई बुझायो ज्ञापनपत्र, दक्षिणी नाका कडाईको पहल गरिदिन आग्रह

विगत लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि नाका कडाइका लागि पहल गरिदिन अनुरोध गर्दै रास्वपाको कार्यालयमै पुगी ज्ञापनपत्र हस्तान्तरण गरेको अध्यक्ष सरोजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने– ‘भन्सारमा हुने अधिक मुल्यांकनको कारण र खुल्ला सिमानाका कारण धेरै सामानहरु गलत ढंगबाट पैठारी भएको छ, जसले गर्दा सिस्टममा व्यवसाय गर्ने हामी व्यवसायीहरु पीरमर्कामा परेका छौ र व्यवसाय गर्न कठिन अवस्थामा पुगेका छौ । त्यसैलाई रोक्नका लागि पहल गरिदिन रास्वपाका अध्यक्षको ध्यानाकर्षण गराएका हौ ।’

राष्ट्रिय व्यापार संघले रास्वपालाई बुझायो ज्ञापनपत्र, दक्षिणी नाका कडाईको पहल गरिदिन आग्रह

भन्सारमा अत्याधिक मुल्य कायम गरेर राजश्व असुल गर्दा चोरी निकासी धेरै बढेको बताउँदै उनले करको दायरा बढाई धेरैभन्दा धेरै व्यवसायीहरुलाई करमा समेट्न सकेमा मात्र त्यसलाई नियन्त्रण गर्न सकिने जानकारी दिए ।

राष्ट्रिय व्यापार संघले रास्वपालाई बुझायो ज्ञापनपत्र, दक्षिणी नाका कडाईको पहल गरिदिन आग्रह

नेपालमा चोरी पैठारी कम गर्न सरकारले बेलैमा विविध कदमहरु चाल्न जरुरी छ । जस्तो भारत र नेपालको भन्सार दरमा एकरुपमा बनाउन सके, खुल्ला सिमानामा तारबन्दी लगाएर कडा निगरानी गर्ने लगायतका कामहरु गर्न सकेमा मात्र यसलाई कम गर्न सकिने व्यवसायीहरु बताउँछन् ।

राष्ट्रिय व्यापार संघले रास्वपालाई बुझायो ज्ञापनपत्र, दक्षिणी नाका कडाईको पहल गरिदिन आग्रह

नेपालको दक्षिणी नाकामा सरकारले कडाई नगर्दा अहिले थुप्रै चोरी पैठारीका घटनाहरु बढिरहेका छन् जसको प्रत्यक्ष मार चर्को राजश्व तिर्ने व्यवसायीहरुले भोग्नुपरेको छ भने अर्कातिर राजश्व ठगी हुदाँ सरकारले पनि राजश्वको ठूलो हिस्सा गुमाउनु परिरहेको छ ।