अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ आयकरको दायराले शेयर मार्केटका लगानीकर्तालाई कुनै असर नपर्ने प्रष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले केही सीमित ठूला लगानीकर्ताबाहेक सबैजसो लगानीकर्ताहरुले, आय विवरण पेश गरेर कर दाखिला गर्नुपर्ने व्यवस्था रहेको भन्दै त्यसले सेयर मार्केटको लगानीकर्तालाई नछुने दावी गरे ।
महतले भने,‘म स्पष्ट पार्न चाहन्छु सेयरमा लगानी गर्ने आमनागरिक करको दायरमा आउने भनेको छैन् । सेयर कारोबारको क्रममा घाटा पनि भएको हुन्छ, त्यसमा पनि कर लाग्ने कुरै भएन, ९९.९९ प्रतिशत नै यो भित्र पर्दैनन् ।’
९९.९९ प्रतिशत लगानीकर्ता आयकरको दायरामा नपर्ने बताएका उनले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु आत्तिनुपर्ने अवस्था नरहेको स्पस्ट पारे ।








