साना तथा मझौला व्यवसायीहरुको छाता संगठन राष्ट्रिय व्यापार संघले आफ्नो १८ औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ ।

गत शनिवार काठमाडौंको चोभारस्थित एक रिर्सोटमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता विना विभागिय मन्त्री राजेन्द्रकुमार राईको रहेको थियो भने कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले गरेका थिए ।

राष्ट्रिय व्यापार संघको १८ औं वार्षिक साधारणसभा सम्पन्न : व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले संघले व्यवसायीहरुको हकहितको लागि गरेको अतुलनीय कार्यको प्रशंसा गर्दै १८ औं वार्षिक साधारणसभाको शुभकामना व्यक्त गरे ।

नयाँ सरकारले व्यवसायीका सबै समस्याहरुलाई हल गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री राईले व्यवसायीहरुले तिरेको करबाट नै राज्यको अर्थतन्त्रमा ठूलो टेवा पुगेकोले व्यवसायी भित्रका विविध समस्याहरु समाधान गर्दै उक्त करलाई सही सदुपयोग गर्न जोडबलका साथ लाग्ने जानकारी दिए ।

राष्ट्रिय व्यापार संघको १८ औं वार्षिक साधारणसभा सम्पन्न : व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह
संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले संघ १८ औं वर्षमा प्रवेश गर्दैगर्दा व्यवसायीका हकहितका लागि धेरै कामहरु गर्न सफल भएको बताउँदै संघले व्यवसायीहरुका समस्या मात्र नभएर विभिन्न प्राकृतिक विपत्तिहरुमा उद्धार तथा राहत, अन्य सामाजिक कामहरु जस्तै गरिब, अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण, शैक्षिक सामाग्री वितरण, राहत कोषहरुमा संस्थाको योगदान, रक्तदान लगायत विभिन्न सचेतना कार्यहरु पनि निरन्तर गर्दै आइरहेको जानकारी दिए ।
राष्ट्रिय व्यापार संघको १८ औं वार्षिक साधारणसभा सम्पन्न : व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह
बैँक तथा वित्तिय संस्थाले एकतर्फी व्याज बढाउँदा व्यवसायीहरु मारमा परेको भन्दै यसलाई तत्काल घटाउन सरकारसँग माग गर्दै अध्यक्ष श्रेष्ठले बेलाबेलामा नाका बन्द हुँदा व्यवसायीहरुले समस्या भोग्नुपरेको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले अस्थिर सरकारका कारण नेपालको अर्थतन्त्रले गती लिन नसकेको बताए । “बैँकबाट चर्को व्याज लिएर व्यापार गर्नसक्ने अवस्था छैन, यसमा सरकारले विशेष ध्यान दिनुपर्छ,”–उनले भने । जबसम्म व्याजदर घट्दैन तबसम्म व्यापार गर्न नसक्ने उनको भनाई छ ।

राष्ट्रिय व्यापार संघको १८ औं वार्षिक साधारणसभा सम्पन्न : व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह
राष्ट्रिय व्यापार सङ्घले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताउँदै आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख शशी भट्टले बजारमा चोरी पैठारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई कडाई गरेको बताए । साथै कानूनी दायरामा रहेर व्यापार व्यवसाय गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बैँक तथा वित्तिय संस्थाले व्याजदर चर्को बनाउँदा व्यवसायीहरु मर्कामा परेको बताउँदै सरकारले साना तथा मझौला व्यवसायीलाई सस्तो व्याजदरमा पैसा उपलब्ध गराउन सकेमात्र काम गर्न सकिने जानकारी दिए ।

राष्ट्रिय व्यापार संघको १८ औं वार्षिक साधारणसभा सम्पन्न : व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह
हस्तकला सङ्घ बागमती प्रदेशका अध्यक्ष होमनाथ उपाध्यायले भूकम्प, नाकाबन्दी र कोरोनाका कारण थला परेको नेपालको अर्थतन्त्रलाई पुर्नउत्थान गर्न नयाँ सरकारले नयाँ कार्यक्रम अगाडि सार्नुपर्ने बताए ।
राष्ट्रिय व्यापार संघको १८ औं वार्षिक साधारणसभा सम्पन्न : व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह
कार्यक्रममा संघका संस्थापक अध्यक्ष रमेशचन्द्र बहादुर श्रेष्ठ, पूर्वअध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, उपाध्यक्ष रामचन्द्र पराजुली, सल्लाहकार प्रज्वलमान शाक्य र कृष्ण पराजुलीलगायतले व्यवसायीहरुले भोग्दै आएका समस्याहरुका बारेमा मन्त्री राईको ध्यानाकार्षण गराउँदै चाँडै समाधान गरिदिन आग्रह समेत गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन संघका महासचिव बैकुण्ठ दाहालले गरेका थिए ।
राष्ट्रिय व्यापार संघको १८ औं वार्षिक साधारणसभा सम्पन्न : व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह
राष्ट्रिय व्यापार संघ २०६१ सालमा स्थापना भई व्यवसायीहरुका हकहितका लागि सरकार समक्ष आवाज उठाउँदै आईरहेको छ । र आगामी दिनहरुमा पनि व्यवसायीहरुका पीर मार्का समस्याहरुलाई समाधान गर्दै सामाजिक कार्यलाई पनि निरन्तरता दिदै जाने प्रतिबद्धता संघको रहेको छ ।