सरकारले अर्थ मन्त्रालयका दुवै सचिव फेरबदल गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अर्थ सचिवमा तोयम राया र राजश्व सचिवमा डा रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।
हाल मन्त्रालयमा कृष्णहरि पुष्कर अर्थसचिव र राजस्वमा रामेश्वर दंगाल थिए ।








