काठमाडौंको न्युरोडस्थित रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्ने साना तथा तथा मझौला व्यवसायीहरुको साझा संस्था रञ्जना व्यापार संघले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

माडवाडी सेवा समितिको सभा हलमा संघकी अध्यक्ष बिना श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाको प्रमुख आतिथ्यता निवर्तमान शिक्षा मन्त्री तथा काठमाडौं क्षेत्र नं ९ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद कृष्णगोपाल श्रेष्ठको थियो भने विशिष्ट आतिथ्यता रञ्जना व्यापार संघका संस्थापक अध्यक्ष कृष्ण पराजुली र  ट्रेडका प्रेसिडेन्ट कालू गुरूङ लगायतको रहेको थियो ।

रञ्जना व्यापार संघको आठौं वार्षिक साधारणसभा सम्पन्न, व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह

कार्यक्रमलाई संबोधन गर्दै नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले बैंकले बढाएको अस्वभाविक ब्याजदरका कारण व्यवसायीहरु मर्कामा परेकाले व्यवसायीहरुका समस्यालाई र पीर मर्कालाई लिएर व्यवसायीसँगै अर्थममन्त्री समक्ष समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

विगत लामो समयदेखि नाकाबन्दी, बाढी(पहिरो, कोरोना लगायत विभिन्न महामारीका कारण उत्तरी नाका बन्द हुँदा व्यवसायीहरुले ठूलो क्षति भोग्नुपरिरहेको र समस्या यथावत् रहेको बताउँदै उनले आगामी दिनहरुमा व्यवसायीहरु यस्ता समस्याबाट मुक्त हुने आश्वासन दिए ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य तथा राजश्व समितिका सभापति पर्शुराम दाहालले आफू राजश्व समितिको सभापति भएको नाताले अर्थमन्त्रीलाई भेटेर व्यापारी व्यवसायीहरुका विविध समस्याहरु जस्तै भन्सारका समस्या, करका समस्याहरुका बारेमा ध्यानाकर्षण गराएको बताए ।

रञ्जना व्यापार संघको आठौं वार्षिक साधारणसभा सम्पन्न, व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह
व्यवसायीहरुका लागि सरकारी नीति नियम चुस्त दुरुस्त नहुँदा व्यवसायीहरु सधै मर्कामा पर्नु परेको बताउँदै दाहालले सहज वातावरण बनाई व्यवसायीका समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरे ।

संघकी अध्यक्ष बिना श्रेष्ठले व्यवसायीहरुका समस्याहरु दर्शाउँदै उत्तरी नाका बन्द हुँदा कयौं सामान नाकामा नै अड्किएर व्यवसाय संचालन गर्न नपाउदाँ केही व्यवसायीहरु ऋणको भार थेग्न नसकी आत्महत्याको बाटो समेत रोज्न बाध्य भएको जानकारी दिईन् ।

उनले व्यवसायीका समस्याहरु समाधान गर्न नवनिर्वाचित सांसदसँग सहकार्य गरेर सम्बन्धित निकायमा आवाज उठाउने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै नेपाल व्यापार महासंघका अध्यक्ष कुमार कार्कीले व्यवसायीहरुको समस्यामा सरकारले चासो नदिएका कारण ती समस्याहरु यथावत् रहेको बताए । केहि समयअघि मात्र बैंकको ब्याजदर ८ प्रतिशत रहेकोमा अहिले बढाएर १५ प्रतिशत बनाउँदा पनि सरकार मौन बसेको भन्दै उनले जबसम्म सरकारले व्यवसायीका समस्याहरु समाधान गर्दैन तबसम्म निरन्तर सरकारको ध्यानाकर्षण गराउन लागिरहने बताए ।

रञ्जना व्यापार संघको आठौं वार्षिक साधारणसभा सम्पन्न, व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह

नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले विभिन्न महामारीको कारण व्यवसाय पलायन हुन लागेको अवस्थामा नेपाल सरकारले पनि खासै चासो नदिदा समस्या भएको बताउदै उत्तरी नाकालाई सहज बनाउन हिमालय सिमापार वाणिज्य संघको विगतदेखि नै सक्रिय भुमिका रहेको र दुवै संस्थाको समस्या एउटै भएको हुनाले सरकारको ध्यानाकर्षण गराई समस्या समाधान गर्न पहल गर्ने जानकारी दिए ।

कार्यक्रममा विभिन्न व्यापारी व्यवसायीहरुले विगतदेखि भोग्दै आएका समस्या समाधानका लागि नवनिर्वाचित सांसदको ध्यानाकर्षण गराएका थिए ।

रञ्जना व्यापार संघको आठौं वार्षिक साधारणसभा सम्पन्न, व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह
त्यस्तै कार्यक्रमको अन्त्यमा व्यवसायीहरु तथा विभिन्न संघ संस्थाबाट आएका प्रतिनिधिहरुलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो भने केहि समयअघि मात्र रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्दै आएका एक व्यवसायीले आत्महत्या गरेकोले उनको परिवारलाई रञ्जना व्यापार संघको पहलमा ५ लाख रुपैया रकम हस्तान्तरण समेत गरिएको थियो ।
रञ्जना व्यापार संघको आठौं वार्षिक साधारणसभा सम्पन्न, व्यवसायीका पीरमर्का बुझिदिन सरकार समक्ष आग्रह