नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १७८, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७५ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

यसअघि भारतीय आयल कर्पोरेसन ९आईओसी०ले पटकपटक मूल्य घटेको सूची पठाए पनि मूल्य समायोजन नगरेको निगमले शुक्रबार भने तीन रुपियाँ घटाएको हो। निगमले विज्ञप्ति सार्वजनिक गर्दै घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने जनाएको छ।

आयल निगमले घटायो इन्धनको मूल्य, पेट्रोल-डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपियाँ कमि