नेपाल स्वम्सेवी रक्तदाता समाज गुल्मीको आयोजनामा आज वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता तथा नेपाल स्वम्सेवी रक्तदाता समाजका अध्यक्ष नमराज मरासिनीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

स्वयंसेवी रक्तदाता समाज गुल्मीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
रक्तदान जीनवदान भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै अहिले नेपालमा डेंगु संक्रमण तीव्र रुपमा वृद्धि भईरहेको र अस्पतालहरुमा उच्च रक्तअभाव भईरहेको अवस्थामा रक्तअभाव नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिए ।

स्वयंसेवी रक्तदाता समाज गुल्मीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
कार्यक्रममा विशेष अतिथि डा. अमृत बस्नेत र कृष्ण चौहान क्षेत्रीको रहेको थियो भने अतिथिहरुमा महेन्द्र नमुना मा.वि का प्रध्यानाध्यापक कृष्णप्रसाद मरासिनी, नेपाल स्काउटका संयोजक सुरेश भण्डारी, नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देही शाखाका महासचिव उदय भट्टराई, सचिव दिपेन्द्र भण्डारी, सदस्य हरि ज्ञवाली, प्रजिस बज्रचार्य र चेतनारायण पाण्डेको उपस्थित रहेको नेपाल स्वयम्सेवी रक्तदाता समाज न्युरोड समितिका अध्यक्ष केदारप्रसाद न्यौपानेले रोजगारमञ्च डटकमलाई जानकारी दिए ।

साथै उक्त कार्यक्रमबाट ५० पिन्ट रगत संकलन भएको न्यौपानेले जानकारी दिए ।