काठमाडौं /  चाइनाबाट सामान आयात गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल हिमालय सीमापार वाणिज्य संघले उत्तरी नाका सहज रुपमा सुचारु गराउन माग राख्दै परराष्ट्र मन्त्री डा.नारायण खड्कालाई ज्ञापनपत्र बुझाएको छ ।

चाडपर्वको मुखैमा उत्तरी नाका बन्द हुँदा व्यवसायी मारमा परेको भन्दै तत्काल सुचारु गराउनु पर्ने संघको माग हो । पूर्वसुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेत, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत सहितको समूहले आइतबार परराष्ट्र मन्त्रालयमै गएर मन्त्री खड्कालाई प्रत्यक्ष रुपमा भेटेर ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

उत्तरी नाका सुचारु गर्न परराष्ट्र मन्त्री खड्कालाई हिमालय सीमापारको ज्ञापनपत्र

दशैं, तिहार तथा जाडोको लागि आयात गरेका सामान कोरोनाको समस्या देखाउँदै चाइनाले बन्द गराएकोले छिटोभन्दा छिटो नाका सुचारु गर्न पहल गर्न सरकार समक्ष व्यवसायीहरुको माग छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले समेत संघकोतर्फबाट मन्त्री खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उत्तरी नाका सुचारु गर्न परराष्ट्र मन्त्री खड्कालाई हिमालय सीमापारको ज्ञापनपत्र

मन्त्रीको ध्यानाकार्षण गदाउँदै पूर्व मन्त्री बस्नेतले अहिले चीनसँगको व्यापारिक कारोबार दिनप्रतिदिन खस्किदै गएको र दशैंको मुखैमा नाका बन्द हुँदा आर्थिक चाँप थेग्न नसकेर केहि समययता दुईजना व्यापारीले आत्महत्या समेत गरेकोले जतिसक्दो चाँडो चीन सरकारसँग नाका सहज बनाउनका लागि पहल गर्न आग्रह गरे ।

विगत लामो समयदेखि व्यवसायीहरुले नाकाका विविध समस्या झेल्नुपरेको बताउँदै नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले अहिले उत्तरी नाका बन्द हुँदा व्यापारीहरुका लागत, समय साथै सामानहरु बिग्रिएर गएको हुनाले व्यापारीहरु आत्महत्या समेत गर्न थालेको र दिनप्रतिदिन यस्ता समस्या बढ्दै जान सक्ने हुनाले उत्तरी नाका छिटोभन्दा छिटो संचालनमा ल्याउनका लागि चिन सरकार समक्ष पहल गर्न मन्त्रीको ध्यानाकर्षण गराए ।

उत्तरी नाका सुचारु गर्न परराष्ट्र मन्त्री खड्कालाई हिमालय सीमापारको ज्ञापनपत्र
‘कोभिड पश्चात् नाका राम्रोसँग संचालनमा आएकै छैन’ अध्यक्ष श्रेष्ठ भने–‘नाका आवातजावत पूर्ण रुपमा मानव आवतजावत हुने गरी संचालन नभएको खण्डमा व्यापारी व्यवसायीहरुको धरासयी हुने र पलायन नै हुनु पर्ने अवस्था छ ।’

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेतले २०७२ सालको भुकम्पपछि व्यवसायीमा ठुलो दरार सृजना भएको र त्यसमा अहिलेसम्म सरकारले पहल नगरेको बताउँदै मन्त्री समक्ष चीन सरकार समक्ष वार्ता गरेर जतिसक्दो चाँडो व्यवसायीहरुलाई सहजरुपले व्यवसाय गर्ने वातावरण सृजना गर्न आग्रह गरे ।

उत्तरी नाका सुचारु गर्न परराष्ट्र मन्त्री खड्कालाई हिमालय सीमापारको ज्ञापनपत्र

व्यवसायीहरुको समस्या आफ्नो पनि समस्या रहेको बताउँदै मन्त्री खड्काले नाका असहज हुँदा नेपालमा सामानको मुल्य वृद्धि, बेरोजगारीका समस्या समेत सृजना भएकाले आफूले सक्दो पहल गरिरहेको बताए ।

‘केहि दिनमा नै चीनका सभामुख नेपाल आउने भएको हुँदा नाका सहज सुचारुका लागि सबैभन्दा पहिला कुरा राख्छु’ मन्त्री खड्काले भने–‘ चीनसँग सहज आवतजावत हुने हिसाबले दशैंभन्दा अगाडि नै नाका सहज सुचारु हुनुपर्छ भन्ने मेरो पहल रहनेछ ।’

उत्तरी नाका सुचारु गर्न परराष्ट्र मन्त्री खड्कालाई हिमालय सीमापारको ज्ञापनपत्र

कोभिडपछि सहज हुन नसकेको उत्तरी नाका विगत केहिसमययता कोरोनाको कारण देखाउँदै चीन सरकारले अनिश्चित कालका लागि बन्द गरेको छ । यसले व्यापारी व्यवसायीहरुमा एकदमै ठूलो समस्या निम्त्याएको छ । चाडपर्वको मुखैमा मुख्य नाका नै बन्द हुँदा केहि व्यवसायीहरुले त आत्महत्याको बाटो रोज्न समेत बाध्य भएका छन् । आर्थिक चाँप बढ्दै जानु, व्यापार व्यवसाय ठप्प हुनु, व्यापारका लागि गरेको लगानी नाकामै रोकिएर रहनु जस्ता समस्याले गर्दा यतिबेला व्यवसायीहरुका समस्याहरु रहेको बताइरहेका छन् । नेपाल सरकारले चीन सरकारसँग समयमै नाका सहज बनाउन सकेमा व्यवसायीहरुलाई मात्र नभएर आम उपभोक्तालाई केही भएपनि राहत हुने पुग्ने देखिन्छ ।

उत्तरी नाका सुचारु गर्न परराष्ट्र मन्त्री खड्कालाई हिमालय सीमापारको ज्ञापनपत्र