काठमाडौं / विगत लामो समयदेखि न्युरोडस्थित रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्दै आएका एकजना व्यवसायीले आत्महत्या गरेका छन् । बनेपा घर भई हाल रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्दै आएका व्यवसायी सुदर्शन घिमिरेले गत मंगलबार आत्महत्या गरेका हुन् ।

भुकम्प र कोभिडपछि चिनबाट सामान आयात गरेर व्यापार व्यवसाय गर्ने अधिकांश व्यवसायीहरु समस्यामा परेका छन । चिनबाट सामान आयात निर्यात हुने रसुवा र तातोपानी नाका भुकम्प र कोभिड पछि नियमित सुचारु हुन सकेको छैन । झन पछिल्लो समय चाडवाड तथा जाडो सिजन सुरु हुनै लाग्दा चिनले यी नाका बन्द नै गरेपछि व्यवसायीहरुमा अन्यौलता छाएको छ ।

कतिपय व्यवसायीहरुको सामान अहिले पनि उत्तरी नाका खुल्ने आशामा बीचबाटोमै अडकिएर बसेका छन । यस्तै विकल्पकारुपमा कतिपयले भारत हुदै सामान आयात गर्ने प्रयास गर्दा पनि सामान ल्याउन लामो समय र उच्च लागत लाग्दा व्यापार व्यवसाय ठप्प जस्तै अवस्थामा पुगेको छ । जसका कारण ऋण लिएर व्यापार–व्यवसाय गर्नेहरु त्यही ऋणको बोझले झनझन थलिन पुगेका छन ।

सरकारले व्यवसायीहरुका समस्या समाधानमा चासो नदिदा र बैंक तथा बित्तीय संस्थाहरुको ब्याजदर अत्याधिक वृद्धि हुदा ऋण तिर्न सक्ने अवस्था नदेखेपछि घिमिरेले आत्महत्याको बाटो रोजेको मृतकको आफन्तको भनाई छ ।

राज्यले व्यवसायीको मर्का नबुझिदिदा रञ्जना ट्रेडका एक व्यवसायीले गरे आफ्नो देह त्याग

व्यवसायी घिमिरेको आत्महत्याप्रति दुःख प्रकट गर्दै रञ्जना व्यापार संघले मृृतकको आत्माको चिरशान्तिको कामना गर्दै बुधबार रञ्जना ट्रेड सेन्टरमा शोकसभा आयोजना गरेको थियो ।

रञ्जना व्यापार संघकी अध्यक्ष बिना श्रेष्ठले साना तथा मझौला व्यवसायीप्रति राज्यको व्यवहार र नीति–नियम राम्रो नहुनु, दशैंको मुखैमा उत्तरी नाकामा सामानहरु अड्किनु तथा सबै व्यापारी–व्यवसायीहरु लोनबाटै चल्ने भएकाले ब्याजदर बढ्दै जादा, सहकारी संस्थाहरुले एकदमै च्यापेर ब्याजदर लिदा र कतिपय सहकारीहरुले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगर्दा लगायतका विविध कारणले व्यवसायीहरु आत्महत्याको बाटो रोज्न बाध्य भएको बताइन ।

राज्यले व्यवसायीको मर्का नबुझिदिदा रञ्जना ट्रेडका एक व्यवसायीले गरे आफ्नो देह त्याग

“यस्ता केशहरु अरु पनि नआउलान भन्न सकिदैन त्यसैले यस्ता घटनाप्रति राज्यको ध्यानाकर्षण हुन जरुरी छ ।” अध्यक्ष श्रेष्ठले भनिन । उनले अहिलेको मौद्रिक नीति, बैंक तथा वित्तिय संस्थाले मनलाग्दी ब्याजदर परिवर्तन गर्ने परिपाटी र लोन पास हुदा पनि दिन गरिने ढिलाई लगायतका झन्झटले थुप्रै व्यापारी–व्यवसायीहरु मर्कामा परिरहेको जानकारी दिईन् ।

आफुहरुसँगै व्यवसाय गर्ने व्यवसायी गुमाउँनुपर्दा एकदमै मर्माहित भएको बताउँदै अध्यक्ष श्रेष्ठले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँन रञ्जना व्यापार संघ कटिबद्ध भएर लाग्ने जानकारी दिइन् । साथै उनले राज्यले बैंक तथा वित्तीय संस्थाहरुलाई कडा निगरानीमा राखी व्यवसायीलाई सहज रुपमा ऋण उपलब्ध गराउँन, व्याजदर स्थिर राख्न र नाकामा अड्किएर रहेको सामान चाँडोभन्दा चाँडो खुलाउन सरकार समक्ष आग्रह गरिन् ।

राज्यले व्यवसायीको मर्का नबुझिदिदा रञ्जना ट्रेडका एक व्यवसायीले गरे आफ्नो देह त्याग

त्यस्तै जयन्ती व्यापार संघका अध्यक्ष समिर यादवले लामो समयदेखि व्यवसायीका समस्याहरु यथावत् रहेको र यसमा सरकारले वास्ता नगरेका कारण व्यवसायीले ज्यान गुमाउनु परेको बताउँदै नीति नियम राम्रो बनाउँन र व्यापारी–व्यवसायीको मर्का बुझिदिन सरकारलाई आग्रह गरे ।

गलत कागजात प्रयोग गरेर अरुले ऋण पाइरहदाँ व्यवसायीहरुलाई भने ऋण लिन झण्झट थोपर्ने र ऋण पाईहालेपनि चर्को ब्याजदर तिर्नुपर्नेे अवस्था भएको हुँदा व्यवसायीहरु सधैं मारमा परेको अध्यक्ष यादव बताउँछन् ।

राज्यले व्यवसायीको मर्का नबुझिदिदा रञ्जना ट्रेडका एक व्यवसायीले गरे आफ्नो देह त्याग

त्यस्तै रञ्जना व्यापार संघका पूर्वअध्यक्ष टेकबहादुर शाक्यले देशको अर्थ व्यवस्थामा स्पष्ट नीति र कानुन नबन्दा साना तथा मझौला व्यवसायीहरु आत्महत्या गर्न बाध्य भएको बताए । नाका बन्द हुदाँ मृतकको सामान केरुङ नाकामा अड्किएर रहेको र यहाँ उनले विभिन्न बैंक तथा बित्तिय संस्थाहरुलाई चर्को ब्याजदर तिर्न गाह्रो भएपछि आत्महत्या गरेको हुनसक्ने व्यवसायी शाक्यको भनाई छ ।

व्यवसायीहरुले आफ्ना समस्याका विषयहरु बारम्बार बताउँदा पनि राज्य कानमा तेल हालेर बसेको बताउँदै पूर्वअध्यक्ष शाक्य सरकारले व्यवसायीका कुरा सुनुवाई नगरे व्यवसयायीहरु आफ्ना सटरमा तालाचाँबी लगाएर सरकारलाई बुझाउन बाध्य हुने बताउँछन् ।

राज्यले व्यवसायीको मर्का नबुझिदिदा रञ्जना ट्रेडका एक व्यवसायीले गरे आफ्नो देह त्याग

व्यवसायीहरुले भोग्दै आएका समस्याहरु समाधान गर्नका लागि राज्यको ध्यान बेलैमा जान जरुरी छ । भुकम्प, बाढीपहिरो, कोरोना जस्ता महामारीबाट अलि माथि उठ्दै गरेको व्यवसाय दशैंको मुखैमा आएर उत्तरी नाका बन्द हुँदा व्यवसायीहरुको व्यवसाय धरसायमा पर्ने स्थिति देखिएको छ । व्यवसायीले चाडपर्वलाई लक्षित गरी ल्याएको सामान रोकिदाँ यसको मार आम व्यवसायीलाई पर्न गएको छ ।  यो समस्या अहिलेको मात्र होइन विगत लामो समयदेखि व्यवसायीहरुले विभिन्न समस्याहरु सामना गरिरहदा आत्महत्यासम्मको बाटो रोज्नुपरिरहेको छ । सरकारले स्पष्ट नीति नियम निर्माण गरेर तथा व्यवसायीहरुका समस्याहरुलाई सुनुवाई गरेर त्यसलाई कार्यान्वयन गर्ने हो भने यस्ता घटना कम हुने थिए । यसका लागि दिगो पहल कदमी गर्न आवश्यक छ । होइन भने यस्ता घटनाहरु अरु पनि नघट्ला भन्न सकिदैन ।