बडादशैं तथा विभिन्न चाडपर्वहरुलाई लक्षित गरी फुट्वेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा वृहत् जुत्ताचप्पल व्यापार मेलाको सुरुवात गरेको छ ।

वागमती प्रदेश सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेसँगै आइतबारबाट मेला शुरु भएको हो । मेला भदौ २० गतेसम्म चल्ने जनाइएको छ ।

चाडपर्वलाई लक्षित वृहत जुत्ताचप्पल व्यापार मेला भृकुटीमण्डपमा शुरु

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न मेलाको माध्यमबाट व्यापक प्रचार प्रसार गरी बाह्य बजार समेत बिस्तार गर्ने उदेश्यका साथ मेला आयोजना गरेको र स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा स्देशमा तयार गरिएका सामाग्रीहरु एउटै छानामुनी उपभोक्ताले एकैपटक अवलोकन तथा खरिद गर्न पाउने भएकाले मेला फलदायी हुने आयोजकको भनाई छ ।

जुत्ताचप्पल व्यापार मेलाका संयोजक तथा फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले वार्षिक क्यालेण्डर अनुसार चालु आर्थिक वर्षको पहिलो मेला आयोजना गरिएको बताए । उनले मेलामा १ हजारभन्दा बढी किसिमका उत्पादनको स्टल रहेको बताए ।

चाडपर्वलाई लक्षित वृहत जुत्ताचप्पल व्यापार मेला भृकुटीमण्डपमा शुरु

जुत्तामेलाको अवलोकन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री श्रेष्ठले जुनसुकै उत्पादित वस्तुहरु प्रदर्शन र प्रवद्र्धन गर्नको लागि मेलाको आवश्यकता रहेको बताउँदै फुट्वेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालले गर्ने राष्ट्रिय र अन्तराष्ट्रिय मेलाहरुमा प्रदेश सरकार सधैं साथ दिन तत्पर रहेको प्रतिवद्धता जायर गरे ।

अहिलेको अवस्थामा स्किल्ड मेनपावरको आवश्यकता रहेको र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ट्रेनिङ दिएर स्किल्ड मेनपावर उत्पादन गर्नका लागि तयार रहेको बताउँदै मन्त्रीले ब्रान्ड डेभ्लोप गर्ने कुरामा समेत प्रदेश सरकार हरदम तयार रहेको जानकारी दिए ।

चाडपर्वलाई लक्षित वृहत जुत्ताचप्पल व्यापार मेला भृकुटीमण्डपमा शुरु

कार्यक्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल सरकारले तयार वस्तुको भन्दा कच्चा पदार्थको कर कम लगाउने नीति बनाएर नेपालमा धेरै उद्योग आउने बताए । उनले प्रदेश सरकारहरुले पनि उत्पादनको आधारमा उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै नेपाली उत्पादन जुत्ताचप्पल विदेशी उत्पादन भन्दा कम नभएको जिकिर गरे ।

संघका अध्यक्ष नानिराज घिमिरेले स्वदेशी उत्पादनमा आत्मर्निभर भइरहेको छालाजुत्ता क्षेत्रमा सरकारले सहयोग गरेको खण्डमा भोलिका दिनमा राज्यलाई फाइदा पुग्ने गरी उत्पादन बढाउने बताए ।

चाडपर्वलाई लक्षित वृहत जुत्ताचप्पल व्यापार मेला भृकुटीमण्डपमा शुरु

१५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुटमा

३ सय भन्दा बढी प्रकारका जुत्ताचप्पल उपलब्ध हुने मेलामा ५ लाखभन्दा बढी ग्राहकको सहभागिता हुने अपेक्षा गरिएको छ भने १५ देखि ५० प्रतिशतसम्म छुट दिने आयोजकको भनाई रहेको छ ।

भाद्र ५ गतेदेखि भाद्र २० गतेसम्म हुने मेलामा विभिन्न १० वटा नेपाली ब्रान्डहरु बिएफ डियरहिल, कोसेली, क्रसरोड, फ्रस्ट वाक, सुजल्यान्ड, रनसुज, स्मार्ट सुज, केटिएम सुज, सिल्स सुज र ह्याप्पी सुरज रहेका छन् ।