रेमिट टु नेपाल प्रा.लि. र रिलायबल डाइग्नोष्टिक ल्याब्रोटरी नेपाल प्रा.लि. (Reliable Diagnostic Laboratory Nepal Pvt Ltd)बीच छुट दिने सम्झौता भएको छ ।
यो सम्झौतासंगै रेमिट टु नेपालका ग्राहक, साझेदार र कर्मचारीहरुले रिलायबल डाइग्नोष्टिक ल्याब्रोटरीबाट गरिने सबै परिक्षणमा २५% छुट प्राप्त गर्न सक्नेछन् ।
विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको रेमिट टु नेपालले पछिल्लो समय आफ्नो सेवा विस्तार संगै ग्राहक तथा साझेदारहरु को सेवा सुबिधालाई पनि प्राथमिकतामा राखेको छ ।
यस सम्झौता मार्फत ग्राहक तथा साझेदारहरु लाई नियमित तथा आकस्मिक रुपमा गरिने स्वास्थ्य परिक्षणमा सहुलियत हुने विश्वास कम्पनीले लिएको छ ।








