नेपाल हिमालय सीमापार वाणिज्य संघले विगत लामो समयदेखि स्तनको क्यान्सर भई भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत एक महिलालाई आर्थिक सहयोग गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ की ५१ बर्षिया मानकुमारी विश्वकर्मा विगत १ वर्षदेखि क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहेकोमा अहिले उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएकी छिन ।

हिमालय सीमापार वाणिज्य संघद्धारा क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग

क्यान्सर पीडित विश्वकर्माको आर्थिक अवस्था एकदमै नाजुक भएको कारण नेपाल हिमालय सीमापार वाणिज्य संघको पहलमा १ लाख ३० हजार ७ सय १० रुपैयाको चेक अस्पतालमै पुगेर बिरामीका श्रीमान् जितबहादुर विश्वकमालाई हस्तान्तरण गरिएको हो ।

सिन्धुपाल्चोक जिल्लाकै बिरामी भएको र पुर्वअध्यक्ष बिष्णुबहादुर खत्रीले जानकारी गराएपछि कार्यसमितिकै केही साथीहरु मिलेर रकम संकलन गरी सहयोग गरेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए ।

संघसस्था भएपछि सामाजिक काम पनि गर्दै जानुपर्ने बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि यस्ता कार्यहरु निरन्तर गर्दै जाने प्रतिबद्धता जनाए ।

हिमालय सीमापार वाणिज्य संघद्धारा क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग

पैसा अभावका कारण उपचार गर्नका लागि कठिनाई भईरहेको अवस्थामा सहयोग पाउँदा खुशी लागेको बताउदै बिरामीका श्रीमान् जितबहादुर विश्वकर्माले संघलाई धन्यवाद दिएका थिए ।

नेपाल हिमालय सीमापार वाणिज्य संघले विभिन्न प्राकृतिक बिपत्तिको बेला होस् या कोरोना महामारीको समयमा होस् विभिन्न सामाजिक कार्य र सहायता गर्दै आईरहेको छ । आगामी दिनहरुमा पनि यस्ता सहयोग निरन्तर गर्दै जाने संघका अध्यक्ष श्रेष्ठले बताए ।

हिमालय सीमापार वाणिज्य संघद्धारा क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग