२०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी महाभुकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा राष्ट्रिय व्यापार संघले दीप प्रज्वलन गरेको छ ।
संघले काठमाडौंको न्युरोडस्थित भूगोल पार्कमा महाभुकम्प गएको दिन अर्थात बैशाख १२ गते साँझ दीप प्रज्वलन गरेको हो । नेपाल राष्ट्रिय व्यापार संघका पुर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सम्झना स्वरुप दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रिय व्यापार संघद्धारा भुकम्पमा दिवगंत भएकाहरुको सम्झनामा दीप प्रज्वलन

फेरि पनि त्यस्तो महामारी कहिल्यै भोग्नु नपरोस् भनेर दिवगंत आत्माहरुप्रति चिर शान्तिको कामनाका लागि २०७२ सालपछि वर्षेनि वैशाख १२ गते दिप प्रज्वलन कार्यक्रम गर्दै आइरहेको संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय व्यापार संघद्धारा भुकम्पमा दिवगंत भएकाहरुको सम्झनामा दीप प्रज्वलन

त्यस्तै संघका पुर्वअध्यक्ष रमेशचन्द्र बहादुर श्रेष्ठले भुकम्पमा मृत्यु भएकाहरुको चिर शान्तिको कामना गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको र संघले यस्ता कार्यक्रमहरु विगतदेखि नै गर्दै आइरहेको जानकारी दिए ।

राष्ट्रिय व्यापार संघद्धारा भुकम्पमा दिवगंत भएकाहरुको सम्झनामा दीप प्रज्वलन

संघका महासचिव बैकुण्ठ दाहालले बाढी, पहिरो, भुकम्प जस्ता महामारीमा राष्ट्रिय व्यापार संघले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै सम्पुर्ण दिवंगत आत्माहरुप्रति चिर शान्तिको कामना गरे ।
२०७२ सालको जस्तो विनाशकारी प्रलय कहिल्यै पनि भोग्नु नपरोस् भन्दै संघका कोषाध्यक्ष केदार न्यौपानेले मृत आत्माको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको बताए ।

राष्ट्रिय व्यापार संघद्धारा भुकम्पमा दिवगंत भएकाहरुको सम्झनामा दीप प्रज्वलन

राष्ट्रिय व्यापार संघमा केही महिना अगाडि मात्र सरोजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।