साना तथा मझौला व्यापारीहरुको छाता संगठन राष्ट्रिय व्यापार संघले टेबल पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय व्यापार संघका प्ूर्वअध्यक्ष रमेशचन्द्र बहादुर श्रेष्ठले पात्रो विमोचन गर्दै नयाँ वर्षको शुभकामना दिए ।

संस्थाले विगतदेखि नै टेवल पात्रो र भित्ते पात्रो प्रकाशन गर्दै आइरहेको र त्यसैक्रममा यस वर्ष पनि टेबल पात्रो प्रकाशन गरेको राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले महामारीका कारण थला परेका व्यवसायीहरु भर्खरै मात्र माथि उठ्न लागेको बेला टिटि एलसी खोल्न नपाउदा फेरि पनि सहज तरिकाले व्यवसाय गर्ने अवस्थामा नरहेको बताए । उनले स्थानीय स्तरमै सामानहरु निर्माण गर्नका लागि कच्चा पदार्थको समेत अभाव भएको जानकारी दिए ।

राष्ट्रिय व्यापार संघद्धारा टेबल पात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 

आम व्यवसायीका समस्याबारे सरकारलाई निरन्तर ध्यानाकर्षण गराउँदै आएको बताउँदै अध्यक्ष श्रेष्ठले व्यापारीहरुलाई सहज ढंगमा व्यवसाय गर्ने वातावरण सरकारले बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा संघका उपाध्यक्ष हेम खरेलले नेपाल सरकारले एलसी बन्द गरेको र यसले गर्दा सम्पुर्ण व्यापारीहरुको भविष्य समेत अन्यौलमा रहेको बताए ।

कार्यक्रममा संस्थाका पदाधिकारीहरुले शुभकामना आदानप्रदान गर्दै संस्थाको हकहितका लागि सधैं हातमा हात साथमा साथ भएर अघि बढ्ने बताए ।

राष्ट्रिय व्यापार संघद्धारा टेबल पात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

साथै उक्त कार्यक्रममा पात्रो प्रकाशन गर्नका लागि विज्ञापन उपलब्ध गराई सहयोग गर्ने व्यवसायी तथा पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो ।  विगत लामो समयदेखि व्यापारीहरुका हकहितमा काम गर्दै आईरहेको राष्ट्रिय व्यापार संघले आगामी दिनहरुमा पनि व्यापारीका समस्याहरुलाई निराकरण गर्न निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।