काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले संचालनमा ल्याएको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको भिड बढन थालेको छ । चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ताचप्पल पाएपछि मेलामा ग्राहकहरुको आकर्षण चुलिएको हो ।

भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड केटीएम सुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, फुटमाण्डु सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढि आकर्षक र नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको आयोजक प्रमोद महतोले जानकारी दिए ।

यसअघि पटक–पटक महाकुम्भ जुत्ता मेला संचालन गरेको समूहले नै दशै सहुलियत मेला आयोजना गरेका हुन् । ‘उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला संचालनमा ल्याएका छौं’ महतोले रोजगार मञ्चलाई बताए ।

भृकुटीमण्डपको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको बाक्लो भिड

बजारमा सस्तो जुत्तालाई पनि महँगो मुल्य राखेर उपभोक्ताई ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यती नै मुल्य राखिदा बार्गेनिङ गरिरहन नपरेको र ठगिनबाट जोगिएको मेलामा जुत्ता छानिरहेका इमाडोलका रविन डंगोलले बताए ।

एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाई छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ ।

‘नेपाली जुत्ताचप्पल पनि यति राम्रा र गुणस्तरीय हुदा रहेछन भन्ने यही मेलामा आएर देखेपछि बल्ल थाहा पाए’ मेलामा साथीसँग घुम्न आएका भक्तपुरका विमल कार्कीले भने –‘सस्तो मुल्यमा राम्रा राम्रा जुत्ता पाएपछि परिवारका अरु सदस्यलाई पनि जुत्ता लगिदिन छानिरहेको छु ।’

भृकुटीमण्डपको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको बाक्लो भिड

कोरोनाले तहसनहस भएको व्यवसायमा यो मेलाले केही आशाको संचार जगाएको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई एकै छानामुनी छानीछानी जुत्ता खरिद गर्नका लागि मेला उपर्युक्त भएको छ ।

‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ,यसको उद्धेश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’ अर्का आयोजक जीवन श्रेष्ठले बताए ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।