नेपाल हिमालय सीमापार बाणिज्य संघको २१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । केहि समयअघि नै संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएकोमा कोभिड–१९ का कारण आज एक समारोहकाबीच पद हस्तान्तरण तथा पदभार ग्रहण सम्पन्न भएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिमालय सीमापार बाणिज्य संघको नयाँ कार्यसमतिले पदभार हस्तान्तरणसँगै ग्रहण गरेको हो । सो अवसरमा सिन्धुपाल्चोक उद्योेग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)सहित नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरिएको थियो ।

हिमालय सीमापार बाणिज्य संघको नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

कार्यक्रममा बिशेष अतिथिका रुपमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य कमल श्रेष्ठ नेपाल हिमालय सीमापार बाणिज्य संघका पुर्वअध्यक्ष निलकण्ठ चौलागाई तथा संघका पुर्वअध्यक्ष बिष्णुबहादुर खत्री रहनुभएको थियो ।

संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा  पौडेलले कोभिड महामारीका कारण पद हस्तान्तरण केहि ढिला भएपनि संघले विभिन्न सामाजिक काम गरिरहेको बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै चिनसँग ब्यापारको प्रमुख नाका रहेको तातोपानी नाकासम्मको बाटो छिटोभन्दा छिटो मर्मतसंभार गर्न र नाका सहज सुचारु गर्न उधोग बाणिज्य महासंघले महासंघको मागको रुपमा नै आवाज बुलन्द बनाइदिन आग्रहसमेत गर्नुभयो ।

हिमालय सीमापार बाणिज्य संघको नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

कार्यक्रममा प्रमुख अतिथि तथा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले हिमालय सीमापार र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुहुदै महासंघमा हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको महत्वपूर्ण योगदान रहेको र तातोपानी नाका सुचारु एवं पुर्वाधार निर्माणको लागि महासंघको नेतृत्वमा सरकारसँग पहल गरिने बताउनुभयो । साथै उहाँले आगामी दिनमा महासंघ हिमालय सीमापार बाणिज्य संघसँग संगसँगै हातेमालो गरेर अगाडि बढने प्रतिवद्धतासमेत जनाउनुभएको थियो ।

हिमालय सीमापार बाणिज्य संघको नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

यस्तै नवनिर्वाचित अध्यक्ष अशोककुमार श्रेष्ठले कोभिड महामारीकैबीचमा संघले विभिन्न अस्पतालहरु, चिनसँगको नाका क्षेत्र, सुरक्षाकर्मी र सिन्धुपाल्चोकका स्थानिय निकायलाई स्वास्थ्य सामाग्री वितरणदेखि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा आएको बाढीकाकारण पीडित भएका परिवारलाई राहत वितरण गरेको बताउनुहुदै आगामी दिनमा व्यवसायीक हकहित र सामाजिक कार्यमा सबैसँग हातेमालो गरेर अघि बढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।