वि.स. २०७२ को भुकम्प पछि सहजरुपमा सुचारु हुन नसकेको तातोपानी नाका पूर्णरुपमा खुलाउन व्यवसायीहरुले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई ज्ञापन गर्न गएका नेपाल हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको टोलीले नाका संचालनको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

दुवै संघको टोलीले नाका सहजरुपमा सुचारु हुन नसक्दा नेपाल र चिनबीच आयात–निर्यात गर्ने व्यवसायीहरु ठुलो समस्यामा पर्नुका साथै राज्यको राजश्व संकलनमा समेत अपुरणिय क्षति पुगेको प्रधानमन्त्री देउवा सामू बताएका हुन ।

तातोपानी नाका सहज सुचारुका लागि प्रधानमन्त्रीसमक्ष व्यवसायीहरुको आग्रह

एक ज्ञापनपत्र नै बुझाउदै व्यवसायीहरुको टोलीले नाका सहज सुचारुका साथै पटक पटकको प्राकृतिक विपत्तिका कारण अवरुद्ध बनेको सडक संजालको तत्काल मर्मत संभारको लागि प्रधानमन्त्री समक्ष आग्रहसमेत गरेको थियो ।

सो अवसरमा हिमालय सीमापार बाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेल र अध्यक्ष अशोक कुमार श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठ र अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)सहित दुवै संघका पदाधिकारी उपस्थित थिए ।