नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पदबहाली गरेका छन ।
पदबहालीका लागि प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा पुगेका घिसिङलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । पदबहाली अघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट चार वर्षे नियुक्तिपत्र लिएका थिए ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुनः नियुक्ति गरेको हो ।
अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि चर्चामा आएका थिए ।








