नेपाल हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सिन्धुपाल्चोकको तातोपानीमा भन्सार कार्यालयले स्वागत तथा शुभकामना दिएको छ ।

तातोपानी भन्सार कार्यालयमा सोमबार आयोजित स्वागत तथा अन्र्तक्रिया कार्यक्रममा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले हिमालय सीमापार बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अशोक कुमार श्रेष्ठ तथा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष होमबहादुर वस्नेत (राजकुमार)सहित सम्पूर्ण पदाधिकारीहरुलाई खादा लगाएर स्वागत गरे ।

तातोपानी नाकामा हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

राजश्व संकलनका लागि महत्वपूर्ण नाकाकोरुपमा रहेको तातोपानी नाकाको पछिल्लो अवस्थाबारे जानकारी दिदै तातोपानी भन्सार कार्यालयका प्रमुख खत्रीले नाकाका चुनौती, सम्भावना र अवसर बारे प्रकाश पारेका थिए । सो अवसरमा उनले भन्सार कार्यालयको कामकारवाहीमा कुनै समस्या नभएको र अनलाईनमार्फत सेवा प्रवाह गरिने भएकाले सेवाग्राहीहरुलाई थप सहजता भएपनि पछिल्लो समय नाका संचालनमा देखिएका चुनौतीले भने व्यवसायीहरु मारमा परेको बताए ।

तातोपानी नाकामा हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

‘पटक–पटक नाका बन्द हुने र खुल्ने, सीमित संख्यामा मात्र गाडी आवतजावत हुने, एकतर्फि संचालन तथा कमजोर सडक पूर्वाधारले नीजि क्षेत्रको विश्वास गुम्नुका साथै राजश्व संकलनमा समेत चुनौती थपिएको छ’ भन्सार प्रमुख खत्रीले बताए । तथापी दुवै मुलुकले कुटनैतिक तवरबाट नाका संचालनको अवरोध हटाउन सके यसबाट दुवै मुलुकलाई लाभ हुने खत्रीको भनाई छ । ‘नेपाल र चिनबीचको आयात–निर्यात व्यापारमा सबैभन्दा नजिकको नाका भएकाले यसलाई व्यवस्थित बनाउन सके दुवै मुलुकलाई फाइदा पुग्नुका साथै आधुनिक सुविधा सम्पन्न बन्दरगाह समेत संचालन गर्न सकिने सम्भावना छ’ भन्सार प्रमुख खत्रीले बताए ।

तातोपानी नाकामा हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

हिमालय सीमापार बाणिज्य संघले भर्खरै अशोक कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेपछि चाइनासँगका नाकाका बारेमा स्थलगत अध्ययन तथा सहजिकरणका लागि पहल थालेको हो । संघका अध्यक्ष श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीहरुले तातोपानी नाकामा व्यवसायीहरुले खेप्नु परेका समस्याका बारेमा जानकारी गराएका थिए । संघका अध्यक्ष श्रेष्ठले भने–‘काठमाडौंसँग नजिक रहेको तातोपानी नाका सहज बनाउन दुई देशबीच पहल आवश्यक रहेको छ, धेरैभन्दा धेरै गाडि आवतजावत हुन जरुरी छ, तातोपानी नाका सहज भएमा मात्र व्यवसायीहरुको मुहारमा मुस्कान छाउनेछ ।’

तातोपानी नाकामा हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

कोरोना महामारीका कारण चाइनासँग जोडिएका नाका पहिला झै सुचारु हुन सकेका छैनन् । चाइनासँग व्यपार व्यवसाय गर्ने व्यवसायीहरु अहिले यी नाका सहजिकरणका लागि पहल कदमी चालिरहेका छन् ।

तातोपानी नाकामा हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत