काठमाडौको मुटु मानिने बागबजारमा चर्चित नेपाली ब्राण्डका जुत्ताचप्पलको ‘महाकुम्भ जुत्ता मेला’ शुरु भएको छ । रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखैमा नयाँ नयाँ डिजाइनका गुणस्तरिय र अपत्यारिलो छुटसहित मेला शुरु भएको हो ।

यसअघि भृकुटीमण्डपमा मेला संचालन गर्दै आएका चर्चित नेपाली ब्राण्डहरुले रत्नपार्कको आकासेपुलसँगै रहेको पहिला ‘रातोघर’का नामले परिचित स्थानमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको पहिलो तल्लामा ‘स्थायी शोरुम’मा मेला लगाएका हुन् ।
भृकुटीमण्डपमा केही दिन लाग्ने मेला भन्दा स्थायी शोरुममा मेला लगाउँदा उपभोक्तालाई थप सहज हुने अपेक्षासहित बागबजारमा मेला लगाएको आयोजकको भनाई छ ।

अपत्यारिलो छुटसहित काठमाडौको मुटु बागबजारमा ‘महाकुम्भ जुत्ता मेला’ शुरु

‘यसअघि विभिन्न ठाँउमा हामीले संचालन गरेका मेलाहरुमा आम उपभोक्ताको ठुलो आकर्षण देखिएपछि सबैको सहजताका लागि उपत्यकावासीका आउजाउको केन्द्रविन्दुमै शोरुमसहित मेला संचालनमा ल्याएका हौ’ आयोजक तथा केटिएम सुजका संचालक प्रमोद महत्तोले भने –‘भृकुटीमण्डप, पदमोद्यमोड, ललितपुर लगायतका ठाँउपछि स्थायीरुपमै ग्राहकवर्गलाई विभिन्न स्कीमहरु उपलब्ध गराउने गरी अत्याधुनिक शोरुमसहितको मेला शुरु गरेका हौ ।’

नयाँ तथा आधुनिक डिजाइनका एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध मेलामा छुट, स्कीम र वारेन्टीसहित उत्पादन लागतमै जुत्ताचप्पल उपलब्ध रहेको आयोजकको भनाई छ ।

अपत्यारिलो छुटसहित काठमाडौको मुटु बागबजारमा ‘महाकुम्भ जुत्ता मेला’ शुरु

मेलामा नेपालका प्रख्यात ब्राण्ड केटीएम सुज, बोस सुज, भेनस सुज, बेम्बो सुज, हिमानी लेडिज सुज, एस लेदर सुजका स्टाइलिस जुत्ताचप्पल उपलब्ध छन् ।

मेला संचालनको शुभारम्भमा प्रत्येक जुत्ता खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको आयोजकको भनाई छ । ‘ जुत्ता कम्पनीले सीधै ग्राहकहरुलाई जुत्ताचप्पल उपलब्ध गराउने हुँदा एजेन्सी, होलसेलर तथा पसलहरुले लिने कमिशन नजोडिदा उत्पादन मूल्यमै ग्राहकहरुलाई उपलब्ध गराउँछौं’ आयोजक महतो भन्छन्–‘मेलामा नै हेल्पडेस्क पनि रहने हँुदा वारेन्टी तथा गुनासोका लागि उपभोक्तालाई सहज हुनेछ ।’

अपत्यारिलो छुटसहित काठमाडौको मुटु बागबजारमा ‘महाकुम्भ जुत्ता मेला’ शुरु

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्न र खरिद सहजताका लागि नयाँ ठाँउमा र स्थायीरुपमै कुम्भमेला राखिएको अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ । उनले भने–‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ, मेलामा नै नयाँ–नयाँ डिजाइनका जुत्ता पनि लन्च गरेका छौ, जसले गर्दा उपभोत्ताले छानीछानी किन्न पाउनुहुन्छ ।’

एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्न पाउनु र गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा स्थायी शो रुपमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो ।