भिडियो रिपोर्ट हेर्नुहोस्

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘जुत्ताचप्पल ब्यापार मेला’ फागुन २० गतेसम्म चल्ने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आयोजना गरेको मेलामा उपभोक्ताको आकर्षण र चाप बढेकाले समय थप गरिएको जनाइएको हो ।

कोरोना–१९ महामारीलबाट मुक्त हुँदै गएका बेला राजधानीको भृकुटीमण्डमा जारी जुत्ताचप्पल मेलाले चहलपहल निकै बढाएको छ । मेलामा जुत्ताचप्पल किनमेल गर्नेको भिड बढ्दै गएपछि मेला अबधि थप गरिएको एशोसिएशनका अध्यक्ष कृष्णकुमार फुयालले जानकारी दिए ।

भृकुटीमण्डपको जुत्ताचप्पल मेला फागुन २० सम्म चल्ने, १८ ब्राण्डका जुत्ताचप्पल ५० प्रतिशत छुटमै !

एउटै छानामुनी नेपालका चर्चित १८ भन्दाबढि ब्राण्डका गुणस्तरीय जुत्ताचप्पल सस्तोमा किन्ने अबसर पाएपछि सर्वसाधारणको भिड बढेको छ । मेलामा ५० प्रतिशतसम्म छुट पाएपछि भृकुटीमण्डपको जुत्ताचप्पल व्यापार मेलामा सर्वसाधारणको भिड बढेको छ । भृकुटीमण्डप यतिखेर मेलामय भएको छ । मेलामा २ लाख जनाले अबलोकन गरिसकेको एशोसिएशनका निवर्तमान अध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिए ।

गुणस्तरीय जुत्ताचप्पल सस्तोमा पाएपछि भक्तपुरका हरेराम श्रेष्ठले मेलामा ४ जोर जुत्ता किने । ‘ बजारमा भन्दा सस्तो र राम्रा जुत्ताचप्पल छानीछानी किन्न पाउँदा ४ जोर किनेँ’ उनले भने–‘भोलि परिवारलाई नै मेलामा लिएर आउँदैछु ।’
जुत्तामेलामा छिर्ने अधिकांशले नयाँ जुत्ताचप्पल किन्ने गरेका छन् । नेपाली जुत्ताचप्पलको बजार लिन थालेपछि उपभोक्ता पनि झुमिन थालेका हुन् ।

भृकुटीमण्डपको जुत्ताचप्पल मेला फागुन २० सम्म चल्ने, १८ ब्राण्डका जुत्ताचप्पल ५० प्रतिशत छुटमै !

मेलामा नेपालका चर्चित जुत्ताचप्पल उत्पादक ब्रान्डहरु फिटराइट, केटिम शुज, गोल्डस्टार, ल्यान्डवाक, फ्रस्टवाक, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, बोस सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी शुजलगायतको सहभागिता छ ।

मेलामा राखिएका जुत्ताचप्पलहरु अवलोकन गरेर आफै छनौट गरी २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटमा किन्ने मौकाको फाइदा उठाउन अर्का आयोजक तथा केटिएम शुजका संचालक प्रमोद महतोले अनुरोध गरे । जुत्ताचप्पल उत्पादक र उपभोत्ताको सीधा सम्पर्क गराउन मेला उपयुक्त थलो भएको आयोजकको भनाई छ ।

भृकुटीमण्डपको जुत्ताचप्पल मेला फागुन २० सम्म चल्ने, १८ ब्राण्डका जुत्ताचप्पल ५० प्रतिशत छुटमै !

लामो समयदेखि बजार जान नपाएका ग्राहकले एउटै छानामुनि नेपालका उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल छानेर खरिद गर्न पाउने भएका मेला एउटा राम्रो अबसरका रुपमा देखिएको छ ।

मेलामा छालाका शुज, स्पोर्टस शुज, क्याजुअल शुज, स्कुल कलेजका युनिफर्म शुज, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन् ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिडका कारण सुस्ताएको बजारलाइ चलायनमान बनाउन र नेपाली अर्थतन्त्रलाई माथि उठाउन जुत्ताचप्पल ब्यापार मेला सार्थक बनेको छ । स्वदेशी उत्पादनलाई उपयोग गर्नु पर्छ भन्ने भावानाको विकास पनि मेलाले बढाएको छ ।