काठमाडौको टोखामा अत्याधुनिक सुविधासम्पन्न पार्टी भेन्यु ‘लर्ड प्यालेस’ संचालनमा आएको छ । कलाकार सुवास खड्कासहितको ग्रुपले संचालनमा ल्याएको लड प्यालेसको टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले रिवन काटेर उद्घाटन गरेका हुन ।

उदघाटन समारोहमा बोल्दै नगरप्रमुख अधिकारीले टोखा नगरपालिकाको परिचयलाई थप उच्च बनाउन र नगरको व्यवसायीक श्रीवृद्धिका लागि लर्ड प्यालेसले भुमिका खेल्नेमा आफु विश्वस्थ रहेको बताउँदै लर्ड प्यालेसको व्यवसायीक सफलताको कामना गरेका थिए ।

काठमाडौको टोखामा संचालनमा आयो अत्याधुनिक सुविधा सम्पन्न पार्टी भेन्यु ‘लर्ड प्यालेस’

सामाखुसी नजिकै रिङरोडबाट १ किलोमिटर बाहिर उक्त क्षेत्रकै सबैभन्दा ठुलो प्यालेसकोरुपमा संचालनमा आएको उक्त पार्टी भेन्युमा २ वटा सुविधासम्पन्न मुख्य हल रहेको र विवाह, ब्रतबन्ध, पास्नी, सांगितिक कार्यक्रम, गोष्टि तथा सेमिनार, व्यवसायिक उत्पादन लन्च लगायतका थुप्रै कार्यक्रम गर्न सकिने प्यालेस संचालक समितिका अध्यक्ष समेत रहेका कलाकार सुवास खड्काले बताए ।

उनले प्यालेस परिसरमा आकर्षक स्टेज, फोटो तथा भिडियो सुटको व्यवस्था, अत्याधुनिक म्युजिक सिस्टम, व्यवसायिक इभेन्ट म्यानेजमेन्टलगायत थुप्रै सुविधा रहेको र पार्किङका लागि यथेष्ट व्यवस्था रहेको पनि जानकारी दिए ।

उदघाटन समारोहमा चर्चित गायक–गायिका मिलन नेवार, राजनराज सिवाकोटी, लोकगायक नविन पौडेललगायतले आफ्नो धमाकेदार सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । उदघाटन समारोहमा चर्चित कलाकारहरु, विभिन्न क्षेत्रका व्यवसायीहरु तथा स्थानियवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

काठमाडौको टोखामा संचालनमा आयो अत्याधुनिक सुविधा सम्पन्न पार्टी भेन्यु ‘लर्ड प्यालेस’

कोभिड–१९ संक्रमणको यो जटिल अवस्थामा पनि उदघाटन समारोहमा सहभागी भएर हौसला दिने सबैप्रति आभार प्रकट गर्दै लर्ड प्यालेसका अध्यक्ष खडकाले आगामी दिनमा व्यवसायीक र सामाजिक कार्यलाई थप विस्तार गर्दै लैजाने बताए ।

खडकाले यस अघिनै सामाखुसीमा स्काई रेष्ट्रो व्यांकेट एण्ड हेल्थ क्लब र धुम्बाराहीमा स्काईजोन पार्टी प्यालेस संचालनमा ल्याइसकेका छन निकट भविष्यमै सिंहदरवार पश्चिम गेट नजिकै, ललितपुर र भक्तपुरमा नयाँ पार्टी प्यालेस संचालनको तयारी गरिरहेका छन ।