काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डका जुत्ताचप्पलको मेला माघ १९ गते सकिदैछ । कोभिड पछि पहिलो पटक लागेको ‘फुटवेयर विजनेश एक्स्पो २०७७ ’मा अपत्यारिलो मूल्यमा जुत्ताचप्पल उपलब्ध भएकाले उपभोक्ताको भीड बढ्न थालेको छ ।

स्वास्थ्य मापदण्ड पुरा गरी आयोजना गरिएको मेलामा सस्तो र गुणस्तरीय जुत्ताचप्पल उपलब्ध गराइएपछि उपभोक्ताको चाप बढेको हो । मेलामा एक हजारभन्दा बढि डिजाइनका आकर्षक र नयाँ नयाँ जुत्ताहरु उपलब्ध रहेकाले मेला अवधीमा अझ आकर्षक छुटहरु रहेको आयोजकले जानकारी दिएका छन् ।

‘कोभिडपछि स्वास्थ्य मापदण्ड पालना गरेर लगाएको हाम्रो पहिलो मेलामा उपभोक्ताको राम्रो चाप पाएका छौं’ आयोजक प्रमोद महतोले जानकारी दिदै भने–‘हाम्रो मेला आगामी माघ १९ गते सोमबारसम्म चल्ने छ, फ्याक्ट्री मुल्यमा नै जुत्ताचप्पल बिक्रि वितरण गरिरहेका छौ ।’

मेलामा आउने प्रत्येक उपभोक्तालाई प्रवेशद्धारमा नै स्यानिटाइजर प्रदान गर्दै थर्मलगनबाट ज्वरो नापेर मात्र प्रवेश दिइने आयोजकको भनाई छ ।

भृकुटीमण्डपको जुत्ता मेला माघ १९ गते सकिदै, मेलामा बढ्न थाल्यो भीड

मेलामा आएका भक्तपुरका धर्म पोखरेलले सस्तो र खोजेजस्तो जुत्ता पाएपछि ५ जोर किनेको बताए । उनले भने–‘बजारमा एक जोर पनि नआउने पैसाले मेलामा ३ जोरसम्म जुत्ता पाएपछि ५ जोर किनेको हुँ ।’ विगतमा पनि यही मेलामा जुत्ता किनेर गुणस्तरमा ढुक्क भएका पोखरेल अहिले पनि राम्रो र टिकाउ हुनेमा ढुक्क छन् ।

एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाई छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ ।

कोरोनाले तहसनहस भएको व्यवसायमा यो एक्स्पोले केही आशाको संचार जगाएको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई एकै छानामुनी छानीछानी जुत्ता खरिद गर्नका लागि मेला उपर्युक्त भएको छ ।

भृकुटीमण्डपको जुत्ता मेला माघ १९ गते सकिदै, मेलामा बढ्न थाल्यो भीड

‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ,यसको उद्धेश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’ अर्का आयोजक जीवन श्रेष्ठले बताए ।

मेलामा नेपालका प्रख्यात ब्राण्डका जुत्ता चप्पल राखिएका छन् । मेलामा भेनस सुज, केटिएम सुज, पीजी सुज, फुटस्टेप सुज, बोस सुज, रन सुज र सुज ल्याण्ड ब्राण्डका नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल राखिएका छन् ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।