नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक आज दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ ।

सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन”सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको जनाएको छ ।

सिभिल बैंक लिमिटेडको दशौंं वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनाईयो

बैंकले बार्षिकोत्सवको अवसरमा कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुकोतर्फबाट प्रतिवद्धता जनाएको छ भने “हाम्रो टिम नेपाल”संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना गर्ने जनाएको छ ।

सिभिल बैंक लिमिटेडको दशौंं वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनाईयो

यस्तै बैंकले मातातिर्थस्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।

सिभिल बैंक लिमिटेडको दशौंं वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनाईयो

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेविनार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गर्नुभएको थियो भने बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छा राज तामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, नियमनकारी निकाय, पत्रकार÷मिडियाकर्मी मित्रहरु, शेयरधनी तथा प्रबद्र्धक मित्रहरु तथा अन्य सम्पूर्ण शुभचिन्तक महानुभावहरु प्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।