उद्योगपति तथा सांसद विनोद चौधरी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन । उनले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमार्फत आफू सङ्क्रमित हुन पुगेको जानकारी गराएका हुन ।
शुक्रबार मध्याह्न उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै आज बिहान परीक्षण गराउँदा आफूमा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेका छन ।
आफुमा सङ्क्रमणको लक्षण नदेखिएको र चिकित्सकको सुझावमा आइसोलेसनमा बसीरहेको जानकारी गराउदै उद्योगी चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन ।









