नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै शुक्रबार १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ ।

बिहीबारको तुलनामा १ हजार रुपैयाँले वृद्धि भइ सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको हो । बिहीबार प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा सुन कारोबार भएको थियो ।