सुनको भाउ तोलाको ८० हजार नाघेर अहिलेसम्मकै महंगो भएर रेकर्ड तोडेको छ । सोमबर तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघको भनाई छ ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ । मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहक बढेको सुन चाँदी व्यवसायीको भनाई छ ।
बढ्दो मूल्यले बिहेको महिना भए पनि सुनको कारोबार खस्कीएको व्यवसायी बताउँदै आएका छन् ।