स्वदेशी उत्पादनका प्रख्यात ब्राण्डका जुत्ताचप्पलको भृकुटीमण्डपको ठूलो चौरमा चलिरहेको ‘ भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिवार सकिने भएको छ । मेलामा अपत्यारिलो छुट पाइएकाले उपभोक्ताको चाप दिनप्रतिदिन बढेको छ ।

चर्चित स्वदेशी ब्राण्डका उत्पादनहरूको लोकप्रियता बढेसँगै एकदमै सस्तो पाइएपछि मेलामा जुत्ताचप्पल किन्नेहरुको भीड नै लाग्न थालेको छ । ख्यातिप्राप्त नेपाली ब्राण्डका गुणस्तरीय, बलिया, आकर्षक र फ्रेस जुत्ताचप्पलहरू उत्पादन मूल्यभन्दा सस्तो मेलामा उपलब्ध गराइएपछि मेलामा दैनिक हजारौंको भीड लाग्ने गरेको छ ।

‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिवार सकिदै, सस्तो पाएपछि उपभोक्ता मख्ख

एक हजारभन्दा बढी विभिन्न आकर्षक मोडलका जुत्ताचप्पलहरू उपलब्ध गराइएको जुत्ता सेल मेलामा सर्वसाधारणमात्र नभएर, कर्मचारी, विद्यार्थी, नेता, सेलिबे्रटी कलाकारहरुको समेत उपस्थितिले मेला आयोजक दंग छन् ।

‘अहिलेसम्म मानिसलाई सेल मेला भन्नेबित्तिकै पुराना, डेट एक्स्पाएर भइसकेका, सड्न लागेका जुत्ताहरु कटाउने थलो  भन्ने भ्रम थियो । तर हामीले त्यो भ्रम चिरेका छौं । हामीले तत्काल उत्पादन गरेका पूर्णरुपमा फ्रेस जुत्ता उत्पादन लागतमै उपलब्ध गराएका छौं’ जुत्ता सेल मेला आयोजक प्रमोद महतोले भने ।

हेर्नुहोस भिडियो रिपोर्ट :

‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिवार सकिदै, सस्तो पाएपछि उपभोक्ता मख्ख

एक हजारमा दुई जोर जुत्ता पाएपछि भक्तपुरका धर्म सुवेदीले ४ जोर जुत्ता किने । उनी मख्ख हुँदै भन्छन्–‘ अरुबेला एकजोर किन्ने पैसाले अहिले चार जोर आयो । ’ कतिपय जुत्तामा त ७५ प्रतिशतसम्म छुट दिएको आयोजकले बताएका छन् ।

नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल मेलामा उपलब्ध छन् । मेलामा पार्टी सुजहरू र जाडोका लागि नयाँ डिजाइनका गुणस्तरीय जुत्ता पनि उपलब्ध गराइएको छ ।

‘सस्तो मात्र होइन,जुत्तामा ६ महिनाको वारेन्टीसमेत उपलब्ध गराइएको छ’ अर्का आयोजक जीवन श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने– हामीले ‘स्टक क्लियरेन्स’का लागि सेल मेलाको आयोजना गरेका होइनौं । हाम्रो उद्देश्य भनेको हरेक नेपालीको खुट्टामा गुणस्तरीय स्वदेशी जुत्ता आफूले सोचेकै मूल्यमा खरिद गर्न सहज होस् भनेर विभिन्न आठवटा कम्पनी मिलेर यो मेलाको आयोजना गरेका हौं । हामीले मेलामा आउनुहुने सबै ग्राहकहरु पूर्ण सन्तुष्ट बनाएर पठाएका छौं ।’

आयोजकले शनिवारसम्म मेला संचालन गर्ने भएकाले छिटो आफ्नो प्रति सुरक्षित गर्न आग्रह गरेका छन् ।

‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिवार सकिदै, सस्तो पाएपछि उपभोक्ता मख्ख‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिवार सकिदै, सस्तो पाएपछि उपभोक्ता मख्ख