लोकदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ साधारणसभाले प्रेमबहादुर कटुवालको अध्यक्षतामा सर्वसम्मतिले नयाँ संचालक समिति चयन गरेको छ ।

संस्थाको विहिबार सम्पन्न साधारणसभाले आगामी ४ वर्षका लागि कटुवाललाई अध्यक्षमा र उपाध्यक्षमा अब्दुल सतार, सचिवमा देवराज कटुवाल, कोषाध्यक्षमा रामप्रसाद भन्तना तथा सदस्यहरुमा विष्णु कुमारी गुरुङ, मदन कुमार महत र टिका शिवाकोटी चयन गरेको छ ।

लोकदर्शन सहकारीको १० औ साधारणसभा सम्पन्न, अध्यक्षमा कटुवाल

यस्तै संस्थाले शालिक राम गौतमको संयोजकत्वमा मदन खडका र गोविन्द बहादुर कटुवाल रहनेगरी लेखा सुपरिवेक्षण समितिसमेत गठन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले अदक्ष कामदार विदेश पठाउनाले समस्या आएको बताउदै दक्ष या अर्ध दक्ष कामदार विदेश पठाउन मेनपावर व्यवसायीहरूलाइ आग्रह गरे । साथै, मन्त्री यादवले मेनपावर व्यवसायीका समस्याका वारेमा बसेर सल्लाह गरि अगाडि बढ्ने बताए । पुर्वमन्त्री जनार्दन शर्माले सहकारीको सफलताको शुभकामना दिए ।

लोकदर्शन सहकारीको १० औ साधारणसभा सम्पन्न, अध्यक्षमा कटुवाल

वैदेशिक रोजगार व्यवसायीहरुको संलग्नतामा संचालनमा ल्याइएको सहकारीको दशौ साधारणसभामा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे, महासचिव सुजित श्रेष्ठ, संघका पूर्वअध्यक्ष विमल ढकाल, भरतंसिंह थापालगायतको आतिथ्यता रहेको थियो ।