गत वर्षदेखि नेपाल उडान थालेको सलाम एयरले औपचारिकरुपमा नेपालमा आफ्नो कार्यालय संचालनमा ल्याएको छ । ओमानको वायुसेवा कम्पनी सलाम एयरको काठमाडौ लाजिम्पाटमा स्थापित कार्यालयको आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आईएमई इन्सेन्टिभ ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटा, सलाम एयरका कर्मसियल डाइरेक्टर माजिन अहमद अल सल्मानी र विक्रि प्रमुख मोहम्मद डिसोउकिले सयुक्तरुपमा उदघाटन गरेका हुन ।

सलाम एयरले संचालनमा ल्यायो लाजिम्पाटमा आफ्नै कार्यालय, अब दैनिक उडान सुरु

साताको ३ उडान भर्दै आइरहेको सलाम एयरले नेपालमा उडान थालेको १ वर्ष पुगेको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी केक काटेर बार्षिकोत्सव मनाएको छ साथै  दैनिक उडान सुरु गर्नेसमेत घोषणा गरेको छ । विशेषगरी खाडि मुलुक जाने नेपालीहरुलाई लक्षित गरी उडान भर्दै आएको यस एयरलाइन्सले यात्रुको चाप बढेसँगै दैनिक उडान गर्ने योजना अघि सारेको नेपालका लागि सलाम एयरको आधिकारिक जिएसओ आईएमई इन्सेन्टिभ ट्राभल्सले जानकारी दिएको छ ।

सलाम एयरले संचालनमा ल्यायो लाजिम्पाटमा आफ्नै कार्यालय, अब दैनिक उडान सुरु

एक वर्षको अवसर पारेर आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गदैं सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सलाम एयरले दैनिक उडान घोषणा गरेकोमा खुसी लागेको बताउदै यो निर्णयले पर्यटन वर्ष २०२० को लागी सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सलाम एयरले संचालनमा ल्यायो लाजिम्पाटमा आफ्नै कार्यालय, अब दैनिक उडान सुरु

सो अवसरमा सलाम एयरले नेपालका उत्कृष्ट एजेन्शीलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुने एजेन्शीहरुमा एक्सेल ट्राभल एण्ड टुर्स प्रा.लि., हार्भेष्टमुन ट्राभल एण्ड टुर्स प्रा.लि., हेल्लो ट्राभल्स प्रा.लि., लाइटस ट्राभल एण्ड टुर्स प्रा.लि., मेचिकाली ट्राभल एण्ड टुर्स प्रा.लि., मुस्कान ट्राभल एण्ड टुर्स प्रा.लि., ओपन ट्राभल्स प्रा.लि., प्रयास ट्राभल एण्ड टुर्स प्रा.लि., रस्बिता इन्टरनेशनल ट्राभल एण्ड टुर्स प्रा.लि. र सि लिंक ट्राभल एण्ड टुर्स प्रा.लि.रहेका छन ।