नजिकिदै गरेको नेपालीहरुको महान पर्व दशै, तिहार तथा छठको अवसरमा राजधानीको भृकुटीमण्डपमा ‘दशै महाकुम्भ जुत्ता मेला’ सुरु भएको छ । शुक्रबारबाट सुरु भएको उक्त मेलाको प्रदेश नं. ३ का सभामुख सानु कुमार श्रेष्ठले समुदघाटन गरेका हुन ।

हेर्नुहोस् टेलिभिजन रिपोर्ट :

कार्यक्रममा ‘दशै महाकुम्भ जुत्ता मेला’ को बारेमा जानकारी दिदै आयोजक मध्येका एक प्रमोद महत्तोले नेपालका चर्चित ब्रान्डका २ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल मेलामा उपलब्ध गराइएको र चाडवाडलाई नै लक्षित गरेर ५ सयभन्दा बढी नयाँ मोडलको जुत्ता लन्च गरिएको जानकारी दिए ।

भृकुटीमण्डपमा सुरु भयो ‘दशै महाकुम्भ जुत्ता मेला’

महतोले उच्च गुणस्तरको मेट्रियलद्धारा बनाइएकाले विदेशी जुत्ताचप्पतभन्दा गुणस्तरीय रहेका सबै मोडलका जुत्ताचप्पलहरु उत्पादन मूल्यमै मेलामा उपलब्ध गराइएको र प्रत्येक जुत्तामा ६ महिनाको वारेन्टीसमेत प्रदान गरिएको बताए ।

मेलामा नेपालका चर्चित ब्राण्डहरु स्टेप सुज, पिजी सुज, कम्फर्ट सुज, बेम्बो सुज, सिटिजन फुटवेयर, बोस सुज, फुटमाण्डु सुज, फस्टस्टेप सुजको सहभागीता रहेको छ ।

भृकुटीमण्डपमा सुरु भयो ‘दशै महाकुम्भ जुत्ता मेला’

मेलाको औपचारिक उदघाटन समारोहमा बोल्दै सभामुख श्रेष्ठले नेपाली जुत्ता उद्योगले जुत्ताचप्पलमा आत्मनिर्भर बनाउदै लगेकोमा र स्वदेशी उत्पादनको प्रयोग बढाउदै लगेकोमा खुसी व्यक्त गर्दै यसलाई अझ गाँउगाँउसम्म पु¥याएर विदेशी जुत्ताचप्पललाई विस्थापित गर्नुपर्नेमा जोड दिए ।

उनले भने –‘आयातलाई प्रतिस्थापन गर्दै निर्यातमा जोड दिने सरकारको जुन लक्ष्य छ त्यसलाई नेपाली जुत्ता उद्योगले उत्साहजनक साथ दिएको छ, तीनै तहका सरकारले यी उद्योग विकासका लागि आवश्यक सहयोग गर्नेछ भन्ने विश्वास दिलाउछु ।’

 

भृकुटीमण्डपमा सुरु भयो ‘दशै महाकुम्भ जुत्ता मेला’

विदेशी जुत्ताचप्पलको तुलनामा नेपाली जुत्ताचप्पल गुणस्तरीय रहेको भन्दै घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले अहिले नेपाली जुत्ताचप्पल आत्मनिर्भरताको बाटोमा मात्र नभएर निर्यातको हैसियदसम्म पुगेको बताए । उनले विदेशी ब्रान्डसँग प्रतिष्पर्धा गर्न सक्षम भएकाले अव नेपाली उत्पादनलाई युरोप, अमेरिका तथा विदेशी बजारसम्म पनि पु¥याउन पहल गरिनुपर्ने बताए ।

भृकुटीमण्डपमा सुरु भयो ‘दशै महाकुम्भ जुत्ता मेला’

यस्तै नेपाली जुत्ताचप्पल व्यवसायी संघका पूर्वअध्यक्ष तथा पीजि सुजका संचालक रामहरी तोलाङले दक्ष जनशक्ति अभावकैबीचमा पनि आफुहरुले गुणस्तरीय उत्पादनसहित नेपाली जुत्ता उद्योगको क्षेत्र उकास्न प्रयास गरिरहेको बताए । उनले सरकारले पनि यस अभियानमा सहयोग पु¥याएकोमा भोलीका दिनमा पनि साथ सहयोग निरन्तर रहनेमा आफुहरु आशावादी रहेको बताए ।

भृकुटीमण्डपमा सुरु भयो ‘दशै महाकुम्भ जुत्ता मेला’

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित मात्र गरिरहेका छैनन नेपाली उपभोक्ताको मन पनि जितिरहेका छन् । यसैकारण अहिले सस्तो मुल्यमै गुणस्तरीय जुत्ता पाइन थालेपछि नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।

भृकुटीमण्डपमा सुरु भयो ‘दशै महाकुम्भ जुत्ता मेला’

नेपाली उपभोक्ताहरुको बढदो आकर्षणलाई मध्यनजर गर्दै यी नेपाली जुत्ता उद्योगहरुले समयसमयमा छुट र विभिन्न स्किमसहित मेला आयोजना गर्नेगरेकोमा अहिले पनि त्यसैलाई निरन्तरता दिएको जनाउदै आयोजकले एक पटक मेला अवलोकन गर्नका लागि सबैलाई आह्वान गरेको छ ।

स्वदेशी उत्पादनबाट बनेका गुणस्तरीय जुत्ताचप्पल आम नेपालीले प्रयोग गर्ने हो भने नेपाली सीप, पूजी र उत्पादनले बजारमात्र पाउने थिएन धेरै नेपालीले स्वदेशमा नै रोजगारी पाउने थिए ।